कोशी प्रदेश

इटहरीमा २ अर्ब ५५ करोडको बजेट प्रस्तुत, धरानमा विवादले नगरसभा नै अनिश्चित

Author

सजिलो पत्रिका

२०८२ असार ११, बुधबार

48
Share
Featured
  • २ अर्ब ५५ करोडको बजेट सार्वजनिक, पूर्वाधार र डुबान समाधानमा प्राथमिकता।
  • अघिल्लो वर्षको तुलनामा करिब १ अर्बले घटेको।
  • आन्तरिक विवादका कारण नगरसभा बस्न नसकी बजेट अड्किएको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी प्रदेशका दुई उपमहानगरपालिकामध्ये सुनसरीको इटहरीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेको छ भने धरानमा आन्तरिक विवादका कारण बजेट आउन सकेको छैन।

ईटहरी उपमहानगरपालिकाले मंगलबार २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो। उपप्रमुख संगीता कुमारी चौधरीले नगरको १६ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकास, सडक सौन्दर्यकरण, र कोशी राजमार्गमा दुईवटा आकासे पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ। बाढी तथा डुबान समस्या समाधानका लागि पनि विशेष योजना अघि सारिएको छ। चालु आर्थिक वर्षको तुलनामा इटहरीको बजेट करिब १ अर्ब २ करोड रुपैयाँले घटेको हो।

उता, धरान उपमहानगरपालिकामा भने मेयर हर्कराज राई र उपमेयरबीचको विवाद तथा सदस्यहरूको असन्तुष्टिका कारण नगरसभा नै बस्न सकेन र बजेट अनिश्चित बनेको छ। मेयर हर्कराज राई सामाजिक संजालमा लेख्छन् ‘आज असार १० ! आज नगरसभा उद्घाटन गर्नु पर्ने हुन्छ ! सो गरौँ भन्ने मेरो एजेण्डा सहितको २०८२–३–८ गतेको कार्यपालिका वैठकमा विषय प्रवेश अगावै ज्ञापनपत्र सहितको असहमति आएको कारण उद्घाटन गर्न सकिएन ! जय देश ! जय धरान !’ भन्दै लेखेका छन् ।

कोशी प्रदेशमा इटहरी र धरान गरि २ उपमहानगर रहेका छन् । 


यो समाचारमा

कोशी प्रदेशसुनसरीईटहरी उपमहानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नर्सरी व्यवस्थापनमा कडाइ, बिरुवा नष्ट भए कर्मचारीले नै ब्यहोर्नुपर्ने आर्थिक जिम्मेवारी

    सुनसरी । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ ।२०७९ साल देखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ । सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक

    Data is loading...

    Loading brands...

    Loading footer...