राष्ट्रिय ऋण घटाउन ढोरपाटनको प्रयास

देशको ऋण तिर्न ढोरपाटन नगरपालिकाले छुट्यायो ५ लाख बजेट

Author

निरन्जन कार्की

२०८२ असार १०, मङ्गलबार

66
Share
Featured
  • बागलुङको ढोरपाटन नगरपालिकाले राष्ट्रको ऋण तिर्न ५ लाख रुपैयाँ विनियोजन गरेको छ।
  • यो कार्य ७५३ स्थानीय तहमध्ये पहिलो र प्रतीकात्मक सुरुवात मानिएको छ।
  • नेपालमाथि हाल २६ खर्ब ५४ अर्ब रुपैयाँ ऋण रहेको छ।
  • स्थानीय तहको प्रयासले राष्ट्रिय स्तरमा अर्थपूर्ण बहस जन्माएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

देश अर्बौंको ऋणमा डुबेको बेला बागलुङको ढोरपाटन नगरपालिकाले राष्ट्रिय ऋण तिर्न सघाउने एक अनौठो र उदाहरणीय पहल थालेको छ। नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममार्फत देशलाई ऋणमुक्त गराउने अभियानमा सघाउन ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेका अनुसार, यो कदम देशको आर्थिक भार कम गर्न ७५३ वटै स्थानीय तहमध्ये गरिएको पहिलो र प्रतीकात्मक सुरुवात हो। सरकारको पछिल्लो तथ्यांकअनुसार नेपालमाथि २६ खर्ब ५४ अर्ब रुपैयाँ ऋण छ। यस्तो अवस्थामा ढोरपाटनको यो सानो तर सकारात्मक प्रयासले अन्य सरकारी निकायलाई पनि प्रेरित गर्न सक्ने अपेक्षा गरिएको छ।

यसैबीच, सरकारले २०७२ सालदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा कर उठाउँदै आए पनि उक्त परियोजनाको भविष्य अझै अनिश्चित छ। यस्तो अवस्थामा स्थानीय तहबाट सुरु भएको यो अभियानले राष्ट्रिय स्तरमा सकारात्मक बहस सिर्जना गरेको छ।

यो समाचारमा

बागलुङकाठमाडौँढोरपाटन नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...