नेकोस कप महिला भलिबलः एपिएफ र गण्डकीको विजयी सुरुवात

Author

सजिलो पत्रिका

२०८२ असार ०९, सोमबार

30
Share
Featured
  • एपिएफ क्लबले मधेशलाई र गण्डकी प्रदेशले बागमतीलाई सोझो सेटमा हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
  • जारी नेकोस कप महिला भलिबल प्रतियोगितामा ७ टिमको सहभागिता छ, जसमा दुई विभागीय टोलीहरू पनि छन्।
  • ११ असारसम्म चल्ने प्रतियोगितामा विजेताले ५ लाख रुपैयाँसहित विभिन्न पुरस्कार पाउने छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा हेटौंडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएका खेलहरूमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र गण्डकी प्रदेश विजयी भएका छन् ।

हेटौडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले मधेश प्रदेश र गण्डकीले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन् । 

जारी प्रतियोगिताको पहिलो खेलमा एपिएफले एकपक्षीय खेल प्रदर्शन गर्दै मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा पराजित ग‍र्यो । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई २५–११, २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गर्दै जित निकाल्यो।

प्रतियोगितामा विभागीय दुई टोलीसहित कुल सात टिमको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबसहित, न्यु डाइमन्ड युथ स्पोर्टस् क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश रहेका छन् ।

लिगकम नकआउट प्रणालीमा ११ असारसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूले जनही पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।


यो समाचारमा

गण्डकी प्रदेशहेटौंडाहेटौडा उपमहानगरपालिकामधेश प्रदेश
काठमाडौँ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...