भिजिट भिसा प्रकरण: रास्वपा र राप्रपाद्वारा संसद्मा अवरोध जारी

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार

86
Share
Featured
  • रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध जारी राखेका छन्।
  • सांसदहरूका नाराबाजी र वेल घेराउका कारण सदनको कारबाही प्रभावित भइरहेको छ, र बजेटमाथिको छलफलसमेत अघि बढ्न सकेको छैन।
  • विपक्षी दलले ठगीको आरोप लगाउँदै माग पूरा नभएसम्म अवरोध नहटाउने अडान लिएका छन्।
समाचार सारांशGenerated using AI.

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा आफ्नो अवरोध जारी राखेका छन् । आज बसेको बैठकमा पनि दुवै दलका सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेपछि सदनको कारबाही प्रभावित भएको छ ।

बैठकको सुरुमा बोल्दै रास्वपाका सांसद हरि ढकाल र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माग पूरा नभएसम्म अवरोध जारी रहने अडान दोहोर्‍याए । रास्वपाले भिजिट भिसाको नाममा युवाहरूमाथि ठगी भएको भन्दै सरकार गम्भीर नभएको आरोप लगाएको छ ।  ढकालले सरकारको वेवास्ता र गृहमन्त्री रमेश लेखकको जवाफप्रति कटाक्ष गर्दै आन्दोलन झनै सशक्त बनाइने चेतावनी दिए।

गत जेठ १३ गतेदेखि जारी अवरोधका कारण बजेटमाथिको छलफल लगायत महत्त्वपूर्ण संसदीय प्रक्रिया अघि बढ्न सकेको छैन । सभामुख देवराज घिमिरेले अवरोधकै बीच सदनको कारबाही अगाडि बढाउने प्रयास गरे पनि विपक्षीको नाराबाजी भने रोकिएको छैन ।

यो समाचारमा

प्रतिनिधि सभाज्ञानेन्द्र शाहीराष्ट्रिय प्रजातन्त्र पार्टीहरि ढकाल
रमेश लेखक6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...