अमेरिकामा बस्ने विविधाले गरिन् जन्मथलो तारकेश्वरका तीन विद्यालयलाई सहयोग

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार

37
Share
Featured
  • अमेरिकामा बस्ने विविधा अर्यालले तारकेश्वरका तीन सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेकी छन्।
  • उनले स्मार्टबोर्ड, स्पिकर, टेबल, कुर्सीजस्ता सामग्री विद्यालयहरूलाई प्रदान गरिन्।
  • सहयोग कार्यक्रममा स्थानीय प्रतिनिधि, समाजसेवी र अभिभावकहरूको उपस्थिति रहेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ५ । 

अमेरिकाको टेक्सासमा बस्दै आएकि विविधा अर्यालले आफ्नो जन्मभूमि तारकेश्वर नगरपालिकाका तीनवटा सामुदायिक विद्यालयलाई महत्त्वपूर्ण शैक्षिक सामग्री सहयोग गरेकि छिन्। तारकेश्वर नगरपालिका वडा नं.३ मा जन्मेर सानै उमेरमा अमेरिका बसाइँ सरेकी उहाँले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयहरूलाई सहयोग गरेकी छिन् । 

उनले तारकेश्वर वडा नं. ३ मा रहेका जितपुर माध्यमिक विद्यालय, नागार्जुन ठूलागाउँ माध्यमिक विद्यालय र श्री कालिकाशरण माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण गरिन। विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा सघाउ पुर्‍याउने उद्देश्यले उनले स्मार्टबोर्ड, स्पिकर, टेबल, कुर्सी जस्ता अत्यावश्यक सामग्रीहरू उपलब्ध गराएकी छन्।

उक्त सामग्री हस्तान्तरण कार्यक्रममा उनका बुबा भरत अर्याल, तारकेश्वर-३ का वडाध्यक्ष परशुराम अर्याल, विभिन्न समाजसेवी, विद्यालय प्रशासनका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो। विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र यहाँको शिक्षा क्षेत्रप्रति देखाएको माया र सहयोगका लागि उपस्थित सबैले विविधा अर्यालको प्रशंसा गरेका थिए।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...