एक्कासि रद्द अहमदाबादबाट लन्डन उड्न लागेको एयर इन्डियाको उडान

Author

सजिलो पत्रिका

२०८२ असार ०३, मङ्गलबार

47
Share
Featured

गत बुधबार भारतको सोही सरदार वल्लभ भाइ पटेल अन्तराष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको विमान केही सेकन्डभित्र दुर्घटना भएको थियो ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ ।  भारतको एयर इन्डिया एयरलाइन्सको मंगलबार हुनुपर्ने अहमदावाद–लन्डन उडान रद्द भएको छ । 

भारतको गुजारतको अहमदावादको सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भर्न लागेको एआई १५९ फ्लाइट एक्कासि रद्द गरिएको हो । यो विमान  दिउँसो एक बजे उड्नु पर्नेमा रद्द भएको छ ।

एयर इन्डिया एयरलाइन्सले फ्लाइट एआई १५९ रद्द हुनुको कारणमा विमान उड्ने अन्तर्राष्ट्रिय हवाइ क्षेत्र (एयर स्पेस) को उपलब्धता नहुनु रहेको स्पष्टीकरण दिएको भारतको टाइम्स अफ इन्डियाले जनाएको छ ।

साथै एयर इन्डियाले विमानमा आएको प्राविधिक गडबडीका कारण रद्द भएको भन्ने आफवाहहरुलाई निराधार भएको पनि बताएको छ ।

एक विज्ञप्ति निकाल्दै एयर इन्डियाले भन्यो, “आज अहमदाबादबाट ग्याटविक जाने उडान एआई १५९ विमानको एयर स्पेस उपलब्धताको नभएका कारण रद्द गरिएको छ। यो हवाई क्षेत्रमा लागू प्रतिबन्धहरू र अतिरिक्त सावधानीका कारण विमानहरूको सामान्यभन्दा बढी समय लाग्ने टर्नअराउण्डको परिणाम हो, दाबी गरिएको जस्तो कुनै प्राविधिक समस्याको कारण होइन ।
“हामी हाम्रा यात्रुहरूलाई पर्न गएको असुविधाको लागि माफी माग्न चाहन्छौं र उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था गरेका छौं । हामी होटल आवास प्रदान गर्दैछौं र यात्रुहरूले रद्द गर्न चाहेमा पूर्ण रकम फिर्ता वा निःशुल्क पुनः निर्धारण (रिसेड्यूलिङ) को सुविधा पनि दिँदै छौं । यसको परिणामस्वरूप, १७ जूनमा लन्डन ग्याटविकबाट अमृतसर जाने उडान एआई १७० को उडान पनि रद्द गरिएको छ,”विज्ञप्तिमा भनिएको छ ।

गत बुधबार भारतको सोही सरदार वल्लभ भाइ पटेल अन्तराष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको विमान केही सेकन्डभित्र दुर्घटना भएको थियो ।

 

यो समाचारमा

भारतकाठमाडौँलन्डन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...