काठमाडौँ, असार ०२ ।
रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठले आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमै ‘गुडबाइ नोट’ लेखेर सम्पर्कविहीन बनेका छन् । डा. केशव श्रेष्ठले सोमबार फेसबुकमा एक लामो स्टाटस लेख्दै आफूमाथि भएको अन्यायको शृङ्खला वर्णन गर्दै जीवनबाट हार खाएको बताएका छन्। प्रहरीले उनको खोजी गरिररहेको छ ।
डा. श्रेष्ठले आफू रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिण्टेन्डेन्टका रूपमा कार्यरत रहँदा भ्रष्टाचार र राजनीतिक चलखेलविरुद्ध उभिएकाले आफूलाई तारो बनाइएको दाबी गरेका छन्। "अस्पतालको आन्तरिक गुटबन्दी, होटल बिल र कमिसनको खेल नमान्दा ज्यान मार्नेसम्मको धम्की दिइयो र अन्ततः अन्यायपूर्ण ढंगले हेटौंडा सरुवा गरियो," उनले नोटमा लेखेका छन्।
उनले लेखेका छन्, “मलाई सुनियोजित ढंगले रामेछाप छोड्न बाध्य बनाइयो र हेटौंडामा अलपत्र पारियो सुनियोजित ढंगले रामेछाप छोड्न बाध्य पारिएको उल्लेख गरेका छन्। यसले घटनामा प्रशासनिक सरुवा हेटौंडा अस्पतालमा भए पनि हाजिर मन्त्रालयमा गर्न लगाइएको छ।” उनले आफ्नो पीडा पोखेका छन्। उनको यो अवस्थाले स्वास्थ्य क्षेत्रभित्रको प्रशासनिक र राजनीतिक हस्तक्षेपको डरलाग्दो चित्र देखाएको छ।
यो स्टाटस सार्वजनिक भएलगत्तै उनको अवस्थाबारे चासो बढेको छ। यता, नेपाल प्रहरीले डा. श्रेष्ठको खोजी र उद्धारका लागि टोली परिचालन गरिसकेको जनाएको है। प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले साइबर ब्यूरो र अन्य प्रहरी इकाईलाई उनको खोजीका लागि तत्काल परिचालन गरिएको जानकारी दिएका छन्। डा. श्रेष्ठको अवस्थाबारे भने हालसम्म केही खुल्न सकेको छैन।
हेर्नुस डा.श्रेष्ठले लेखेको‘सुसाइड नोट’स्टाटस