प्रदेश सरकाहरुको आर्थिक बर्ष २०८२/८३ को बजेट सार्बजनीक : कुन प्रदेशको कति बजेट ?

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

116
Share
Featured

कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ 

मधेश प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट 

बागमती प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बजेट

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट

लुम्बिनी प्रदेश प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट

कर्णाली प्रदेशसभामा असार १ मा बजेट नआउने निश्चित

सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट 

समाचार सारांशGenerated using AI.

काठमाडौँ। प्रदेश सरकाहरुले  आर्थिक बर्ष २०८२/ २०८३ को बजेट सार्बजनीक गरेका छन् ।  असार १ गते बजेट सार्वजनिक गर्ने कानूनी ब्यवास्ता रहेकाले सो अनुरुप आज प्रदेश सरकारहरुले बजेट सार्वजनीक गरेको हो  । 

कुन प्रदेशको कति बजेट ? 

कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

कोशीका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षमा ल्याएको बजेट भन्दा १.१७ प्रतिशत बढी हो ।

जसमा चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख ५२ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ अर्थात् ४७.७ प्रतिशत छ । 

मगरले वित्तीय व्यवस्थापन तर्फ १० करोड अर्थात् ०.३ प्रतिशत विनियोजन गरेका छन् ।

कोशी प्रदेश,आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर

मधेश प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभाको बैठकमा सो बराबरको बजेट घोषणा गरेका हुन् । 

उक्त बजेटमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ, पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ । 

स्रोततर्फ आन्तरिक आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाखतथा मपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ । 

मधेश प्रदेश, प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव

 

बागमती प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये प्रदेशले चालुतर्फ २६ अर्ब चार करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ । यो कुल विनियोजनको ३८.६ प्रतिशत हो । 
पुँजीगतर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजनको ६१.४ प्रतिशत हो ।  
खर्च ब्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख र अन्य राजस्वबाट ६ अर्ब ७९ करोड चार लाख प्राप्त हुने अनुमान गरिएको छ ।




गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । 

चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%),पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । 

पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ । 

गण्डकी प्रदेश,अर्थमन्त्री डा.टंकराज गुरुङ


प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात्८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेश,मन्त्री धनेन्द्र कार्की

कर्णाली प्रदेशसभामा आज असार १ मा बजेट नआउने निश्चित भएको छ । कर्णाली प्रदेश सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राप्रपा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बजेट प्रस्तुत प्रक्रियामा सहभागी नहुने बताएपछि प्रदेशसभा बैठक बस्न नसकेको हो ।

आइतबार दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरुबीच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । 
कर्णालीमा सत्ता पक्ष बजेट ल्याउनका लागि अन्तिम तयारीमा रहेको बेला प्रतिपक्ष दलहरुले बिरोध गरेका कारणले बजेट ल्याउन नसकेका हुन् ।




सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड, पुँजीगततर्फ १९ अर्ब ८३ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ रहेको छ ।

स्रोततर्फ आन्तरिक राजश्व १ अर्ब ६५ करोड, राजश्व बाँडफाँटबापत ९ अर्ब ८७ करोड, संघीय रोयल्टीबापत ८ करोड, वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब ९२ करोड, अघिल्लो बर्षको बचत ७ अर्ब ६६ करोड, सशर्त अनुदानतर्फ ४ अर्ब १६ करोड, समपूरक अनुदान ६० करोड २६ लाख र विशेष अनुदानबापत ५१ करोड ६० लाख रुपैयाँको अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेश  ,आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापा





यो समाचारमा

कोशी प्रदेशबागमती प्रदेशमधेश प्रदेशसुदूरपश्चिम प्रदेश
गण्डकी प्रदेश9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...