भैंसीले बाली खाएको निहुँमा कुटपिट, बर्दियामा एक व्यक्तिको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ जेठ ३१, शनिबार

72
Share
Featured
  • गुलरिया–७ का कृष्णरामजी यादवको भैंसीले मधुवन–१ का ढुक्कुर राउतको खेतमा अन्नबाली खाएपछि विवाद सुरु भयो।
  • विवाद चर्किएपछि यादवले लठ्ठीले प्रहार गर्दा गम्भीर घाइते भएका राउतको उपचारका क्रममा मृत्यु भयो।
  • कुटपिटमा संलग्न यादवलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३१ । 

बर्दियाभैंसीले अन्नबाली खाएको विषयमा सुरु भएको सामान्य विवादले हिंसात्मक रुप लिँदा एक जनाको मृत्यु भएको छ। गत आइतबार भएको कुटपिटबाट गम्भीर घाइते भएका  मधुवन नगरपालिका–१ का ५५ वर्षीय ढुक्कुर राउतको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार गुलरिया नगरपालिका–७ का ३५ वर्षीय कृष्णरामजी यादवको भैंसीले राउतको खेतमा बाली खाएपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा यादवले राउतलाई लठ्ठीले प्रहार गरेका थिए।

लठ्ठी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका राउतको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेकोमा बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले कुटपिटमा संलग्न यादवलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचारमा

मधुवन नगरपालिकागुलरिया नगरपालिकाकाठमाडौँबर्दिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...