भारतमा भीषण विमान दुर्घटना: विमान र होस्टेलका गरी २९० को मृत्यु

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

46
Share
Featured
  • एयर इन्डियाको फ्लाइट एआई १७१ अहमदावादमा दुर्घटनाग्रस्त भई २९० जनाको मृत्यु भएको छ, जसमा विमानका २४१ यात्रु र चिकित्सक होस्टेलका ४९ व्यक्ति समावेश छन्।
  •  एक भारतीय मूलका ब्रिटिश नागरिकलाई जीवित उद्धार गरिएको छ, र दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३० । 

भारतको अहमदावादमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २९० पुगेको छ। अहमदावादबाट लन्डनका लागि उडेको विमान दुर्घटनाग्रस्त भई चिकित्सकहरूको एक होस्टेलमा ठोक्किँदा विमानका यात्रुसँगै होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु भएको हो।

एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको थियो। दुर्घटनामा विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको छ। विमानबाट एकजना भारतीय मूलका ब्रिटिश नागरिकलाई मात्र जीवितै उद्धार गरिएको छ, जसको अस्पतालमा उपचार भइरहेको छ।

घटनामा विमान खसेको चिकित्सकहरूको होस्टेल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेहरूको कुल संख्या कम्तीमा २९० पुगेको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

यो समाचारमा

काठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...