रेयर अर्थको बदलामा भिसा: चीन-अमेरिकाबीच नयाँ सहमति

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

45
Share
Featured

काठमाडौँ,जेठ २९ । 

संयुक्त राज्य अमेरिकाचीनबीच लामो समयदेखि चल्दै आएको व्यापार युद्ध अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण सहमति भएको छ। लन्डनमा सम्पन्न उच्चस्तरीय वार्तापछि चीनले अमेरिकालाई दुर्लभ खनिज (रेयर अर्थ मेटल) उपलब्ध गराउने र त्यसको बदलामा अमेरिकाले चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने आफ्नो धम्की फिर्ता लिने सहमति भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (Donald Trump)ले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा 'डन डिल' (सम्झौता सम्पन्न) भन्दै यसको घोषणा गरेका छन्। यद्यपि, चिनियाँ पक्षले भने यसलाई सहमतिको ‘ढाँचा’ मात्र भएको बताएको छ। राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच औपचारिक अनुमोदन हुन भने बाँकी रहेको छ।

यो सहमति अमेरिकाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ, किनभने सेमिकन्डक्टर चिप, विद्युतीय गाडी र स्मार्टफोन जस्ता प्रविधि उत्पादनका लागि रेयर अर्थ मेटल अत्यावश्यक हुन्छ। विश्वको करिब ९० प्रतिशत रेयर अर्थ मेटल चीनमा प्रशोधन हुने भएकाले बजारमा उसको एकाधिकार जस्तै छ।

यो सहमतिलाई दुई आर्थिक शक्तिहरूबीचको तनाव कम गर्ने दिशामा एक सकारात्मक तर प्रारम्भिक कदमको रूपमा हेरिएको छ।

यो समाचारमा

चीनसंयुक्त राज्य अमेरिकालन्डनकाठमाडौँ
Donald Trump4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...