सहमति जुटेन, आजको संसद बैठक पनि नबस्ने सम्भावना

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

43
Share
Featured

काठमाडौँ,जेठ २९ ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। तर, भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले संसद अवरोध जारी राखेकाले बैठक सुचारु हुनेमा अनिश्चितता छ।

आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ गर्न प्रस्ताव पेस गर्ने र संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने महत्त्वपूर्ण कार्यसूची छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र प्रकरणको छानबिनका लागि समिति गठनको मागमा प्रतिपक्ष अडिग रहँदा सहमति जुट्न सकेको छैन। सभामुख देवराज घिमिरेको प्रयासका बाबजुद दलहरूबीचको गतिरोध कायमै रहेकाले बजेटजस्तो महत्त्वपूर्ण विषयमाथिको छलफल प्रभावित हुने देखिएको छ।

यो समाचारमा

विष्णुप्रसाद पौडेलप्रतिनिधि सभाकाठमाडौँदेवराज घिमिरे
रमेश लेखक4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...