आज चारवटा संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

Author

सजिलो पत्रिका

२०८२ जेठ २३, शुक्रबार

30
Share
Featured

काठमाडौँ,जेठ २३ ।

संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मिति २०८२ साउन २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी हुने सम्मेलन आयोजना सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ । सार्वजनिक लेखा समितिको बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण हुनेछ । बैठक बिहान साढे १० बजे हुनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । बैठक बिहान साढे ८ बजे बस्नेछ । 

बैठक बिहान ९ बजे सुरु हुनेछ । विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाल बैंक धुञ्चे शाखाको सामाजिक कार्य : रसुवाका ७ दुर्गम विद्यालयका ९२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

    रसुवा । नेपाल बैंक लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलोपटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले  पहिलोपटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिए ।बैंकले भीमली

    Data is loading...

    Loading brands...

    Loading footer...