नवलपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ८ वर्षीया बालिकाको मृत्यु नवलपुर ।

Author

सजिलो पत्रिका

२०८२ जेठ २४, शनिबार

21
Share
Featured

काठमाडौँ, जेठ २४ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। विनयी त्रिवेणी गाउँपालिका–५, देउरालीस्थित खोलामा डुबेर स्थानीय उमादेवी रखालकी ८ वर्षीया छोरी रोषना रखालको शनिबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, रोषना अन्य चार–पाँच जना बालबालिकासँगै स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्न गएकी थिइन्। सोही क्रममा उनी डुबेर अचेत भएकी थिइन्।

डुबेकी बालिकालाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएका थिए। तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

यो समाचारमा

काठमाडौँनवलपरासी (बर्दघाट सुस्ता पूर्व)विनयी त्रिवेणी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्नपूर्ण आरोहण दिवसः गण्डकी पर्यटन विश्वभर चिनिएको दिन ।

    गण्डकी ।  विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ ।गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उक्त हिमालको आरोहण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सन्

    Data is loading...

    Loading brands...

    Loading footer...