Breaking : अफताब आलम कारागारबाट छुटे

Author

सजिलो पत्रिका

२०८२ जेठ १४, बुधबार

86
Share
Featured

काठमाडौँ अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् । उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन् । उनी ललितपुरस्थित नख्खु कारागारमा थिए ।

कांग्रेसका पूर्वसांसदसमेत रहका आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको उच्च अदालत जनकुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए ।

इजलासले आलमको घरमा ०६४ चैत २७ मा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेको ठहर गरेको छ । यस्तै, घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई ट्याक्टरमा हाली इँट्टाभट्टामा जलाइएको पनि प्रमाणबाट पुष्टि गर्न वादी पक्षले नसकेको इजलासको ठहर छ ।

यो समाचारमा

काठमाडौँमोहम्मद अफताब आलमजनकपुर

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...