संयुक्त राष्ट्रसंघका शान्ति मिसनमा १० हजार सैनिक खटाउन नेपाल तयार

Author

सजिलो पत्रिका

२०८२ जेठ ०२, शुक्रबार

69
Share
Featured

काठमाडौँ। रक्षामन्त्रीमानबीर राईले संयुक्त राष्ट्रसंघका शान्ति मिसनहरूमा आगामी दिनमा १० हजार शान्ति सैनिक खटाउन नेपाल तयार रहेको बताएका छन् ।जर्मनीकोबर्लिनमा वैशाख ३० र ३१ गते भएको ‘यूएन पिसकिमिङ मिनिस्टरियल, २०२५’ मा उनले उक्त प्रतिबद्धता जनाएका हुन् । 

“उहाँ (रक्षामन्त्री)ले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले सन् १९५८ देखि नै बिनाकुनै सर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको र संयुक्त राष्ट्रसंघको अनुरोधमा नेपाल आगामी दिनमा १० हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्दै नेपाल ‘र्‍यापिड डिप्लोयमेन्ट लेभल वर्कसप’ आयोजना गर्न समेत तयार रहेको कुरा व्यक्त गर्नुभयो,” रक्षा मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । 

उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रक्षामन्त्री राई सहभागी भएका हुन् । सम्मेलनमा ८० भन्दा बढी देशका रक्षा तथा परराष्ट्रमन्त्रीहरूको सहभागिता रहेको थियो । उक्त उच्चस्तरीय सम्मेलनमा मन्त्री राईले नेपालको तर्फबाट मन्तव्य राख्दै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति, सुरक्षा र मानवीय सहायताहरू सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।सम्बोधनका क्रममा रक्षामन्त्री राईले नेपाली शान्ति सैनिकहरूले विश्व शान्तिमा उल्लेख्य योगदान पुर्‍याएको दाबी समेत गरेका थिए ।

शान्ति सेना खटाउने मुलुकहरूमा नेपाल हाल पहिलो स्थानमा रहेको उनले जनाए ।  संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता रहेको कुरा जनाउँदै उनले हाल विभिन्न ११ वटा शान्ति मिसनहरूमा ६ हजारभन्दा बढी नेपाली शान्ति सैनिक खटिएको बताए । 

रक्षामन्त्री राईले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति मिसनहरूको प्रभावकारिता अभिवृद्धिका लागि भइरहेका प्रयासहरूमा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए । हाल शान्ति स्थापना कार्यको सुधार र सबलीकरणका लागि भइरहेका प्रयासहरूको उनले सराहना गरेका थिए ।

रक्षामन्त्री राईले शान्ति मिसनहरूमा महिलाहरूलाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिई कार्यान्वयन गर्दै आएको दाबी समेत गरेका थिए ।  

यो समाचारमा

बर्लिनमानबीर राईकाठमाडौँजर्मनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...