माग पुरा नभए देशभर स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

Author

देवेन्द्र प्रसाद यादव

२०८२ वैशाख ११, बिहिबार

120
Share
Featured

वीरगञ्ज , नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनमा भएको ढिलाइ र आवासीय चिकित्सकहरूको मागप्रति सरकारको उदासीनता विरुद्ध आन्दोलन चर्काउने घोषणा गरेको छ।

संघका अध्यक्ष डा. मनोज कुमार गुप्ताको नेतृत्वमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरिएको छ। संघले आन्दोलन अपरिहार्य भएको जनाउँदै चिकित्सकहरूको हक, अधिकार र सुरक्षाका लागि संघर्ष गर्न बाध्य भएको जनाएको छ।

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले वैशाख १० गते सार्वजनिक गरेको विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगको १६औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन नभएको र आवासीय चिकित्सकहरूको मागप्रति सरकार गम्भीर नदेखिएको उल्लेख छ। नारायणी शाखाले केन्द्रीय आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई साथ दिएको हो।

शाखाले निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूलाई आकस्मिक तथा आइसियु सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्न आह्वान गर्दै २४ घण्टाभित्र माग सम्बोधन नभए वैशाख १२ गतेदेखि देशभरका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारिने चेतावनी दिएको छ।

ज्ञापनपत्रमा जनताले भोग्न सक्ने असुविधाप्रति क्षमा माग्दै आन्दोलन चिकित्सकहरूको सम्मान, अधिकार र सुरक्षाका लागि अनिवार्य भएको उल्लेख गरिएको छ। संघले उठाएका मागमा आवासीय चिकित्सकलाई आठौँ तह बराबरको भत्ता, चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना, अस्पताल विकास समितिअन्तर्गत कार्यरत चिकित्सकको स्थायी नियुक्ति तथा चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने समावेश छ।

सीडिओ गणेश अर्यालले ज्ञापनपत्र ग्रहण गर्दै मागहरू सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। तर आन्दोलन चर्कँदै गएपछि सरकारले चाँडै कदम नचाले स्वास्थ्य क्षेत्रमा गम्भीर संकट आउने चेतावनी दिइएको छ।

केन्द्रीय कार्यालयले काठमाडौंमा स्वास्थ्य मन्त्रालय घेराउ तथा उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम घोषणा गरेको छ। आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुने सम्भावना रहेकाले आम जनतालाई संघले क्षमा मागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...