कश्मीर आक्रमणमा मारिएका सुदीपको शव आजै नेपाल पठाउने

Author

सजिलो पत्रिका

२०८२ वैशाख १०, बुधबार

111
Share
Featured

काठमाडौँभारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपालीसुदीप न्यौपानेको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो ।

 “अहिले शवको पोष्टमार्टम कार्य भइरहेको छ । यो सकिएपछि हामी शव नेपाल पठाउँछौँ । सम्भव भएसम्म आज (बुधबार) साँझ, नभ्याए भोलि (बिहीबार)नेपाल पठाउँछौँ,” नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले सजिलो पत्रिका सँग भन्यो ।

 सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मू कश्मीर घुम्न गएका थिए । 

 आतंकवादीहरूले मंगलबार जम्मू कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाउन लागेको छ । 

“मृतकको शव उनको आमा र दुईजना नातेदारसँगै पठाउँछौँ । काठमाडौं हुँदै वा गोरखपुरबाट सिधै बुटवल पठाउने भन्ने निर्णय भइसकेको छैन,” दूतावास स्रोतले भन्यो ।

यो समाचारमा

काठमाडौँसुदीप न्यौपानेभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत 'समता कर' फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत 'समता कर' (समता शुल्क) हटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि यो कर लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन्।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यो कर कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार

    Data is loading...

    Loading brands...

    Loading footer...