Sangita Khatri

Sangita Khatri (४० पोस्टहरू)

Story Image

2 Stories

काठमाडौमै लटरम्म फलेको सार्है मिठो अङ्गुर । यो वास्तवमै मीठो, गुलियो र स्विट रहेछ, काठमाडौका घरमा कौसी वा करेसा बारीमा कम्तीमा एक बोट लगाए मज्जाले दुई महिनासम्म आफ्नै घरको अङ्गुर आफ्नै हातले टिपेर मज्जाले खान पाइने रहेछ, साथै ठूलो जमिनमा व्यवसायीक खेती गर्न सके वाइन वा जुस बनाएर बिक्रीवितरण गर्न सकिन्छ, यो पनि एउटा राम्रो उद्यम पनि बन्न सक्छ । क्या गज्जब क्या मिठो । मलाई मनपर्यो । संभावना नै संभावनाले भरिएको देश ।

Story Image

2 Stories

काजु काजु एकदमै लोकप्रिय र महँगो सुकुटो हो जुन स्वाद, पोषण र आर्थिक मूल्यको हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ। यसको वैज्ञानिक नाम Anacardium occidentale हो र यो मूलतः ब्राजिलबाट सुरु भएको भए पनि अहिले भारत, अफ्रिका, भियतनाम, थाइल्याण्ड जस्ता देशहरूमा समेत व्यावसायिक रूपमा खेती हुँदै आएको छ। 🌳 काजु बोटको परिचय काजुको बोट मध्यम उचाइको (८ देखि १२ मिटर सम्म) हुने गर्छ। यसको बोट सदाबहार प्रकृतिको हुन्छ र गर्मी तथा सुख्खा मौसमलाई मन पराउने गर्छ। काजुको बोटमा फल लाग्नु अघि गुलाबी रातो र पहेँलो रंगको फुल फुल्छ, जसले बगैँचालाई झनै सुन्दर बनाउँछ। 🥜 फल कसरी लाग्छ? काजु वास्तवमा दुई भागमा बाँडिएको हुन्छ: 1. काजु एपल (Cashew Apple): यो गाढा पहेँलो वा रातो रंगको रसिलो भाग हो जसलाई प्रायः खाइँदैन तर रस वा अचार बनाउन प्रयोग गर्न सकिन्छ। 2. काजु नट (Cashew Nut): यो सानो मुढो जस्तो भाग हो जुन एपलको तलतिर झुण्डिएको हुन्छ। यही भागलाई प्रक्रिया गरेर बजारमा पाइने काजुको रूपमा बेचिन्छ। ☀️ खेतीको लागि उपयुक्त अवस्था तापक्रम: २५°C देखि ३५°C सम्म उपयुक्त उचाइ: समुन्द्री सतहदेखि ५०० मिटर सम्मको उचाइ उपयुक्त माटो: हल्का, बलौटे, निकास राम्रो भएको माटो उत्तम पानी: अत्यधिक पानी नचाहिने तर सिँचाइ आवश्यक परेमा हल्का सिंचाइ दिँदा राम्रो उत्पादन हुन्छ। 💪 काजुका फाइदाहरू 1. पोषणमा भरिपूर्ण: काजुमा प्रोटिन, फाइबर, भिटामिन E, B6, आइरन, कपर, म्याग्नेसियम, जिंक, र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ। 2. हृदय स्वास्थ्य: यसमा पाइने स्वस्थ फ्याट्सले कोलेस्टेरोल कम गर्न मद्दत गर्छ। 3. छाला र कपाल: भिटामिन E र एन्टिअक्सिडेन्टले छालालाई चम्किलो र कपाललाई मजबुत बनाउँछ। 4. हड्डी बलियो बनाउँछ: यसमा हुने क्याल्सियम र म्याग्नेसियमले हड्डीको स्वास्थ्य सुधार गर्छ। 5. एनर्जी बूस्ट: काजु उच्च क्यालोरीयुक्त भएकोले शारीरिक कमजोरी भएका व्यक्तिका लागि ऊर्जा दिने स्रोत हो। 💰 आर्थिक महत्त्व काजु एकदमै महँगो नट हो। यसको माग बजारमा धेरै हुने भएकाले काजु खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ। एक पटक लगाएको बोट ३०–४० वर्षसम्म फल दिन सक्छ। 📦 काजुको प्रयोगहरू सिधै खाने (भुजाएर वा मिठाइसँग) मिठाइ, चकलेट, कुकीजमा काजुको तेल सौन्दर्य तथा औषधिमा काज

Story Image

4 Stories

चौंरी खर्क : चौरी खर्क रुकुम पुर्व जिल्लाको भुमे गाउँपालिका लुगामको ४५ सय मिटरको उचाइमा पर्दछ । यो ठाउँ भेडा,च्याङ्रा, चौरी चरन क्षेत्रको रुपमा प्रसिद्व मानिन्छ । रुकुम पूर्व र बागलुङको सिमास्थल पाथीहाल्ने स्थित मध्यपहाडी लोकमार्ग देखी करिब ३ घण्टाको पैदल दुरीमा एउटा यस्तो सुन्दर ठाउँ जहाँको बयान शब्दमा सायदै गर्न सकिएला । संभावना नै संभावना भरिएको सुन्दर देश नेपाल । तस्बिर - दिलचन पुन/ रुकुम

Story Image

1 Stories

🌿 बिहान उठ्ने बित्तिकै खाली पेटमा लसुनको एउटा टुक्रा — रोगको शत्रु, जीवनको मित्र! 🌄 हजारौं वर्षदेखि हाम्रो आयुर्वेद, पुरातन चिकित्सा प्रणाली, र घरेलु ज्ञानले लसुनलाई अमृत समान औषधि मानेको छ। विशेषगरी बिहान उठ्नेबित्तिकै, खाली पेटमा एउटा काँचो लसुन खाने बानी हाम्रो शरीर, मन र स्वास्थ्यको लागि एउटा चमत्कारी वरदान बन्न सक्छ। ✅ लसुनले दिने १० गहिरा फाइदाहरू (खाली पेटमा खाँदा): 1. रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउँछ लसुनले शरीरमा रोगसँग लड्ने इम्युन सिस्टम बलियो बनाउँछ। नयाँ रोग, भाइरस, संक्रमण टाढा रहन्छ। 2. रगत सफा गर्छ, मुटु स्वस्थ राख्छ लसुनले रगतमा भएको फोहोर तत्व हटाउँछ, रक्तचाप नियन्त्रण गर्छ, मुटु रोगको खतरा घटाउँछ। 3. पाचन प्रणालीलाई सशक्त बनाउँछ खाली पेटमा लसुन खाँदा पेट सफा हुन्छ, ग्यास, अपच, कब्जियत, बान्ता जस्ता समस्या हराउँछ। 4. कोलेस्टेरोल घटाउँछ लसुनले शरीरमा रहेको नकारात्मक बोसो घटाउँछ, धमनी बन्द हुने सम्भावना कम गर्छ। 5. क्यान्सर र ट्युमरको खतरा घटाउँछ अनुसन्धानले देखाउँछ – लसुनमा पाइने एलिसिन नामक तत्वले क्यान्सरजन्य कोषहरूसँग लड्ने क्षमता राख्छ। 6. सासप्रश्वास प्रणाली सुधार गर्छ श्वासप्रश्वासमा समस्या हुने, दम, एलर्जी हुनेहरूले लसुन खान थालेपछि सुधार देखिन्छ। 7. जिगर र मिर्गौलालाई मजबुत बनाउँछ लसुनले शरीरको विषाक्त पदार्थ निकाल्न सहयोग गर्छ, जिगर र मिर्गौला सफा रहन्छ। 8. तौल घटाउने प्रक्रिया सुरू गर्छ लसुनले शरीरको बोसो जलाउने प्रक्रिया सुरु गर्छ, तौल घटाउन चाहनेका लागि उत्कृष्ट घरेलु उपाय। 9. छालालाई चम्किलो र रोगमुक्त बनाउँछ भित्रैदेखि सफा शरीरले छालामा चमक, रौँ सफा बनाउँछ। 10. तनाव, चिन्ता, मानसिक थकान घटाउँछ लसुनले मानसिक सन्तुलनमा सुधार ल्याउँछ, तनाव र डिप्रेशन घटाउँछ। 🌱 लसुनको एउटा टुक्रा, हजार रोगको उपचार! आजभन्दा नै सुरु गरौँ बिहानको नयाँ बानी – एक गिलास मनतातो पानी, र एउटा काँचो लसुन। त्यो लसुन – तिमीलाई केवल रोगमुक्त बनाउने होइन, तिमीलाई आफैसँग नजिक बनाउने पहिलो पाइला हो।

Story Image

3 Stories

५ अमृतमध्ये एक दही, डाक्टर अरुणा उप्रेतीको दिएको जानकारी : पाँच अमृतमध्ये दही एक ‘अमृत’ मानिन्छ । हिन्दु संस्कारअनुसार कुनै शुभकार्यमा जानुपर्‍यो भने दही खुवाउने चलन छ । दसैँमा चामल र दही मुछेर टीका लगाउने चलन छ । दही नेपाली हिन्दु संस्कृतिको अभिन्न अंग मानिन्छ । नेपालमा भक्तपुरको ‘जुजु धौको स्वादका बारेमा नजान्ने कोही छैनन् होला । अहिले विभिन्न रेडियो, पत्रपत्रिका, टीभीमा पेट ठिक पार्न ‘ल्याक्टो ब्यासीलाई’ खानूस् अनि बट्टामा राखेको झोल पदार्थ कलाकारले खाएर ठिक भएको प्रचार गरिन्छ । तर पेट ठिक पार्न, खाना पचाउन दही–मोहीको सेवन उत्तम हुन्छ किनभने यसैमा छ– ‘ल्याक्टो ब्यासीलाई’ । उमेर बढ्दै गएपछि कतिपयलाई दूध खाएपछि पेट गडबड हुन सक्छ, तर दूधबाट बनेको दही, मोही खाँदा उनीहरूलाई केही समस्या हुँदैन । किनभने दूधमा भएको ‘ल्याक्टोज’ नामक तत्त्व नपच्नेहरूलाई दही सजिलै पच्छ । विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएका छन् कि दहीले पेटमा भएका असल कीटाणुलाई बढाउँछ । दहीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । दहीमा भएको भिटामिन ‘बी १२’ ले स्वास्थ्यलाई फाइदा गर्छ । गर्मीको मौसमसँगै बट्टाको फलफूलको जुस, चिसो पेय पदार्थ आदिको प्रयोग धेरै गरिन्छ । अभिभावकले आफ्ना कलिला सन्तानलाई यस्तो जुस र चिसो पेय पदार्थ दिँदा खुसी महसुस गर्छन् । तर यस्तो पेय पदार्थले बच्चाको कलेजो, पेट, मुटु, मस्तिष्कमा खराबी पैदा गर्छ, बच्चाहरू जीवनभरिका लागि रोगी हुन्छन् तर अपशोच ! अहिलेको बजारमा आउने विज्ञापनमा अनेक कलाकारले यस्तो बट्टाको रस, चिसो पेय पदार्थको विज्ञापन गर्छन् । अनि सबैले यो त ठिक हो भन्ने ठान्छन् । सरकारको ‘जनस्वास्थ्य’ मा काम गर्ने स्वास्थ्य मन्त्रालयले यस्ता गलत विज्ञापनलाई वास्ता गर्दैन अनि नसर्ने रोग बढ्छन् । दहीलाई पानीमा घोलेर मही बनाइन्छ । यसलाई मधेशतिर ‘छाछ’ वा ‘गोरस’ पनि भनिन्छ । दही मथेर नौनी निस्कन्छ, यसबाट घिउ बनाइन्छ । यी सबै वस्तु स्वास्थ्यका लागि फलदायक छन् । तराईको गर्मीमा त महीले शरीरमा पानीको कमी पनि पूर्ति गर्छ । पहिले किसानहरू खेतमा काम गर्न जाँदा ‘छाछ’ लिएर जान्थे किनभने ‘उनीहरूको काम गर्दाको प्यास र थकान छाछले कम गर्छ’ भन्ने जानकारी थियो । अपशोच अहिले किसानले मोही होइन, घटघट ‘कोल्ड डि्रंक’ पिउँछन् अनि आफ्नो हड्डी, मस्तिष्क खराब पार्छन् । पहिले–पहिले हजुरआमाहरूले बालबालिकालाई दही–भात मुछेर खुवाउने चलन थियो । यसले गर्दा बालबालिकाको ‘पेट ठिक रहन्थ्यो’ । हजुरआमालाई दही र मोहीबारे वैज्ञानिक ज्ञान थिएन, तर फाइदा गर्छ भन्ने थाहा थियो । पहिले कब्जियत हुँदा दही र केरा मुछेर खुवाउने चलन थियो । दही र केराले कुपोषित व्यक्तिको स्वास्थ्य राम्रो पार्छ, बिरामीबाट तंग्रिन पनि मद्दत गर्छ भन्ने भनाइ छ । त्यसैले नै होला गाउँघरमा ठेकीमा दही, मोही बनाएर पाहुनालाई स्वागत गरिन्थ्यो । कोल्ड ड्रिंक महँगो र स्वास्थ्यमा हानि गर्छ, मोही सस्तो र स्वस्थकर हुन्छ । मही वा छाछको प्रयोग बालबालिकालाई दिँदा पैसाको सदुपयोग र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । विभिन्न प्रकारका चिसो, गुलियो पेय पदार्थ वा बट्टामा राखेका फलफूलका जुसले बालबालिकालाई मोटो बनाउनुका साथै उनीहरूको हड्डी कमजोर गराउँछ, विभिन्न सूक्ष्म पोषक तत्त्वको कमी गराउँछ । जबकि, दही–महीले बालबालिकालाई स्वस्थ बनाउँछ, रोगसँग लड्ने शक्ति दिन्छ र पेट ठिक राख्छ । बट्टाको जुसमा ७० प्रतिशतभन्दा बढी चिनी हुन्छ, फलफूलको नाममा रसायन राखिएको हुन्छ । त्यसैले धेरै दिनसम्म पनि यो बट्टामा राखिएको जुस बिग्रिँदैन तर यो खाँदा बच्चाको स्वास्थ्यचाहिँ बिग्रन्छ । त्यसैले पाँच अमृतमध्येको एक दही खाऔं । मोही खाऔं । ‘चिसो’ पेय पदार्थको प्रयोगले बालबालिकालाई सानोमा नै मधुमेह हुने सम्भावना बढ्छ, यसका बारे धेरै वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ । हुन त दूध र दहीको प्रयोग गर्नु हुँदैन भन्ने केही व्यक्ति पनि छन् । माछा, मासु, मह, दूध र दूधजन्य वस्तुहरू केही नखाने उनीहरूले के तर्क गर्छन् भने ‘मानिसले जनावरको दूध वा दुग्धजन्य पदार्थ खानु ठिक छैन । यसले शरीरलाई हानि गर्छ ।’ यस्ता व्यक्तिलाई ‘भेगान’ भनिन्छ । उनीहरूको तर्कसँग सहमत हुने मानिसले दूध–दही खाँदैनन् । तर विभिन्न वैज्ञानिक अनुसन्धानले दही स्वास्थ्यका लागि उपयुक्त छ भनेर देखाएकाले ५ अमृतमध्ये एक दही, मोही प्रयोग गर्ने होइन त ? स्रोत जानकारी -

Story Image

2 Stories

लटरम्म फलेको ड्रागन दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा व्यावसायिक रूपमा सञ्चालन गरिएको ड्रागन फ्रुट फार्ममा लटरम्म फलेको, पाकेको र फल्ने तयारीमा फुलेका ड्रागन फ्रुट । ड्रागन फ्रुट जेठदेखि फल्न सुरु गर्ने र असोजसम्म फलिरहने किसान बताउँछन् ।

Story Image

1 Stories

यसियाकै ठुलो त्रिशुल

Story Image

3 Stories

भूईंकटहरलाई कस्तो किसिमको हावापानी उपयुक्त हुन्छ? यो उष्ण प्रदेशीय फलफूल अन्तर्गत परेता पनि यसको उत्पादन उपोष्ण हावापानीमा पनि त्यत्तिकै राम्रो हुन्छ। Q 2. यसको खेती समुद्र सतहबाट कति उचाई सम्म गर्न सकिन्छ ? यसको खेती समुद्री सतहबाट १५०० मिटरको उचाईसम्ममा गर्न सकिन्छ। हालको जलवायु परिवर्तनले गर्दा यसको खेती माथिल्लो क्षेत्रमा पनि राम्रो भइरहेको छ। Q 3. यसको खेतीको कतिसम्मको तापक्रममा उपयुक्त हुन्छ ? यसको खेतीको लागि २१ देखि २३ डिग्री सेल्सियसको तापक्रम उत्तम हुन्छ तर१५.५ देखि ३२.५ डिग्री सेल्सियस सम्मको तापक्रममा पनि यसको खेती सफलताका साथ भइरहेको छ। Q 4. यसको लागि वार्षिक वर्षा कतिसम्म भएमा उचित हुन्छ? यसको लागि सालाखाला १५० से.मि. वार्षिक वर्षा उत्तम हुन्छ तर ५१ देखि ५०० से.मि.सम्म वार्षिक पानी पर्ने ठाउँमा पनि यसको खेती गर्न सकिन्छ। Q 5. यसलाई कस्तो किसिमको माटोमा लगाउँदाराम्रो हुन्छ ? पानी नजम्ने बलौटे दोमट र बढी उर्वराशक्ति भएको माटोयसको खेतीको लागि उपयुक्त मानिन्छ। यसलाई माटोको किसिम भन्दा पनि निकासको व्यवस्था हुनु अति जरुरी छ। Q 6. माटोको पि.एच. मान कतिसम्म भएमा राम्रो हुन्छ ? यसको खेतीको लागि माटोको पि.एच. मान ५.५ देखि ६.५ सम्म उत्तम हुन्छ। माटोमा क्याल्सियम, म्याङ्गनिज र फलामको मात्रा बढी भयो भने बिरुवालाई नकारात्मक असर पर्दछ। Q 7. नेपालमा कुन कुन जातहरुको खेती भइरहेको छ? नेपालमा हाल जाईन्ट क्यू, क्वीन,मौरिसस र स्पेनिश जातको खेती भई रहेता पनि जाईन्ट क्यू र क्वीन बढी प्रचलित जातहरु हुन्। Q 8. जाईन्ट क्यूजातको भूईंकटहरका विशेषताहरु के के छन् ? यसकापात ठूला र काँडा नभएका हुन्छन्। फलको आकार ठूलो र गोलो तथा माथिपट्टी साँगुरिदै गएको हुन्छ। फलको सरदर तौल २.५ के.जी. हुन्छ। यसका आँखाहरु धेरै गहिरा नभई सतहमै हुन्छन् र रेशा हुँदैन। यो डिब्बाबन्दीको लागि प्रसिद्ध जात हो। Q 9. भूईंकटहरको क्वीन जातको पनि विशेषता बताई दिनु हुन्थ्यो कि? यसकाबिरुवाहरु साना आकारका र पातहरु काँडा भएका हुन्छन्। सरदर एउटा फलको तौल ०.८ देखि १.२५ के.जी. सम्म हुन्छ। फल गोलो हुन्छ र आँखाहरु भित्रपट्टी गाडिएका हुन्छन्। अतः यो जात डिब्बाबन्दीको लागि उपयुक्त मानिँदैन। जाईन्ट क्यू भन्दा बढी वासनादार, बढी गुलियो र कम अमिलो हुन्छ। Q 10. भूईंकटहरको बिरुवा कसरी उत्पादन गरिन्छ ? यसका बिरुवाहरु अलैङ्गिक भागहरु प्रयोग गरेर उत्पादन गरिन्छ। यसरी प्रयोग गरिने भागहरु क्राउन, स्लिप र सकर्स हुन्। Q 11. भूईंकटहरको क्राउन भनेको के हो ? फलको शिरमा रहेको भागलाई क्राउन भनिन्छ। फल पाकेपछि मात्र त्यस्ता क्राउनलाई हटाउन सकिन्छ। फलसँग यसको घनिष्ठ सम्बन्ध हुने हुँदा यसलाई फलको उत्पादन लिनु अगाडी हटाउनु हुँदैन। यिनीहरुलाई रोपेको २२-२४ महिनामा फल दिन्छन्। Q 12. भूईंकटहरको स्लिप भनेको के हो बताई दिनु हुन्थ्यो कि ? स्लिप फलको फेददेखि तलपट्टी साना बिरुवाहरु निस्केका हुन्छन्। यिनीहरुको वृद्धि र विकास पनि फलको विकास सँगसँगै हुन्छ र यिनीहरुलाई पनि फलको उत्पादन लिने समयमै हटाउने गरिन्छ। यिनीहरुलाई रोपेपछि २०-२२ महिनामा फल दिन्छन्। Q 13. भूईंकटहरको सकर भन्नाले चाहिँ के बुझिन्छ ? सकर भन्नाले बिरुवाको काण्डको माटोमुनीको टुसाबाट प्रशस्तकोशाहरु निस्कन्छन्।यी कोसाहरुलाई नै सकर भनिन्छ। सकर्सलाई बगैंचामा रोपेको ६-१० महिनामा फल दिन्छन्। Q 14. भूईंकटहरकोबिरुवा कसरी लगाईन्छ ? राम्ररी खनजोत गरी तयार गरेको जमीनमा दुई लाईनको बीचको दुरी ६०से.मि.र एक बोटदेखि अर्को बोटको दुरी ३० से.मि.कायम गरिन्छ। दुबै ब्याडको बीचको दुरी ७५-९० से.मि.राखिन्छ। Q 15. भूईंकटहरलाई प्रति रोपनी जमीनमा कति मलखादको जरुरी पर्दछ? पहिले अन्नबालीहरु लगाई रहेको जमीनमा यसको बगैंचा लगाउँदा १-१.५ मे.टन कम्पोष्ट मल, ३० के.जी.नाईट्रोजन, २० के.जी.फास्फोरस तथा ३० के.जी.पोटासकोआवश्यकता पर्दछ। Q 16. भूईंकटहरको बिरुवालाई सिंचाईको आवश्यकता हुन्छ? यसलाई बिना सिंचाई पनि खेती गरेको पाईन्छ। यसका पातहरु बाक्ला हुने हुँदा पातले प्रशस्त पानी जम्मा गरेर राख्दछ। दिउँसो चर्को घाममा स्टोमाटा बन्द हुने हुँदा पानीको खर्च कम हुन्छ। ज्यादै गरम र सुख्खा ठाउँमा १५-२० दिनमा सिंचाई गर्नु पर्दछ। Q 17. भूईंकटहर बगैंचामा झारपात नियन्त्रणलाई किन महत्वपूर्ण मानिन्छ? झारपात नियन्त्रण यसको खेतीको सबैभन्दा महत्वपूर्ण काम मानिन्छ। यसको नियन्त्रणको लागि मात्र कुल खर्चको ४०% लाग्दछ। यसको बगैंचामा आउने मुख्य झारहरुमा घास, कुस, सिरु,दुबो, मोथा आदि पर्दछन्। Q 18. भूईंकटहरको झारपातलाई कसरी नियन्त्रण गरिन्छ? यसको बगैंचामा झारपात नआओस भन्नका लागि बगैंचा लगाउने बेलामा सुकेको झारपात, पराल आदिले बाक्लो मल्चिङ्ग गर्नु पर्दछ। त्यसपछिको अवस्थामा कुटो कोदालोको माध्यमले हातैले झार हटाउनु पर्दछ र ठूलो बगैंचामा भने झारनाशक विषादि मानोयूरन २ के.जी. वा सिमाजिन १० के.जी. वा ब्रोमासिल ४ के.जी. प्रति हेक्टरमा प्रयोग गरी झारपात नियन्त्रण गर्न सकिन्छ। Q 19. भूईंकटहरको बगैंचा भित्र पनि अन्तरबाली लगाउन सकिन्छ? भूईंकटहर आफै अन्तरबालीको रुपमा प्रयोग गरिने बाली हो। यसका बिरुवाहरु कम दुरीमा लगाईने र झारपात नियन्त्रण समस्याको रुपमा रहने हुँदा अन्य बालीलाई अन्तरबालीको रुपमा लगाउन सकिन्न। Q 20. एउटा भूईंकटहरको बिरुवा कति पटक फुल्छ र फल दिन्छ ? एउटा भूईंकटहरको बिरुवाले आफ्नो जीवनकालमा एकपल्ट फूल र फल दिन्छ। फलको विकासको लागि भूईंकटहरमा परागसेचनको महत्व छैन। फलहरु बीउ बिना नै हुन्छन्। Q 21. भूईंकटहर फल कस्तो अवस्थामा टिप्नु पर्दछ? नजिकको बजारका लागि फल टिप्दा फलको फेदमा पहेंलो सुन्तला रङ्गको विकास भएपछि फल टिप्नु पर्दछ भने टाढा बजारको लागि वा भण्डारणको लागि फल टिप्दा आँखाहरु पुष्ट भएपछि आँखाका साना पातहरु अलि-अलि सुक्न थालेपछि टिप्नु पर्दछ। Q 22. भूईंकटहरको उत्पादन प्रति रोपनी कतिसम्म हुन्छ ? व्यवस्थित तरिकाले लगाइएको बगैंचामा प्रति रोपनी २.५ मे.टन देखि ३.० मे.टन सम्म उत्पादन लिन सकिन्छ र करिब ५००० सकर्स र स्लिपहरु पनि उत्पादन हुन्छ। Q 23. भूईंकटहरलाई ग्रेडिङ्ग गर्न जरुरी हुन्छ? बजारबाट राम्रो मूल्य प्राप्त गर्न सकियोस् र भण्डारणका लागि उपयुक्त फलहरु छुट्टिउन भन्नका लागि ग्रेडिङ्ग हुन जरुरी छ।यसका फलहरु टिपिसकेपछि ठूला र साना फलहरुलाई ग्रेडिङ्ग गरेर छुट्टयाउनु पर्दछ।पाक्न शुरु गरेका, रोगकीरा लागेका फलहरुलाई अलग्याई राम्रा र एकनासका फलहरुलाई अलग्गै राख्नु पर्दछ। Q 24. ढुवानीको समयमा फलहरु नाश नहुन् भन्नका लागि प्याकेजिङ्ग कसरी गर्नु पर्दछ ? फलको भेट्नोलाई १०-२० से.मि. बाकी राखेर अन्य भाग काटेर हटाउनु पर्दछ र काटेको ठाउँमा सुरक्षित ढुसीनाशक विषादि लगाउनु पर्दछ। टुप्पातिरको क्राउनको पातलाई पनि हटाउनु पर्दछ र काठको बाकस वा कार्टुनमा पराल वा स्पोन्ज राखी बाकसको माथिपट्टि प्वाल बनाई हावा खेल्ने व्यवस्था मिलाउनु पर्दछ। Q 25. भूईंकटहरलाई कसरी भण्डारण गर्न सकिन्छ? गरम ठाउँमा यसलाई १० दिनभन्दा बढी भण्डारण गरेर राख्न सकिन्न। कोल्ड स्टोरेजमा ८-१० डिग्री सेल्सियस को तापक्रम र ८५-९० प्रतिशत आर्द्रतामा एक महिनासम्म भण्डारण गर्न सकिन्छ। अक्सिजन २% र नाईट्रोजन ९८% भएको नियन्त्रित स्टोरेजमा एक महिना भन्दा बढी भण्डारण गर्न सकिन्छ। Q 26. भण्डारण गरिएका फलहरुलाई एकनाससँग पकाउने कुनै उपाय छ? भण्डारण गरिएका फलहरुलाई एकरुपताका साथ पकाउन तथा पहेंलो र आकर्षक रङ्गको विकास गर्न फललाई ५०० पि.पि.एम. को इथ्रेलले उपचार गर्नु पर्दछ। Q 27. भूईंकटहरमा लाग्ने सबैभन्दा हानिकारक कीरा मिलीबगले कसरीक्षति पुर्यारउँदछ? यस कीराको आक्रमण पश्चात् बिरुवाले ओइलाउने लक्षण देखाउँदछन्। कीराले बढी जरामा आक्रमण गर्दछन् र जरा कुहिन गई त्यसको असर पातमा परी ओइलाउन लक्षण देखा पर्न शुरु हुन्छ। Q 28. यस कीराको आक्रमणबाट बिरुवालाई कसरी बचाउन सकिन्छ ? यसबाट बच्नको लागि सकेसम्म कीराले आक्रमण नगरेको ठाउँबाट बिरुवा ल्याई लगाउनु पर्दछ। बिरुवा लगाउने बेलामा क्राउन वा तलपट्टीका पात हटाई ०.०४ प्रतिशतको इकाटसको झोलमा १-२ घण्टा डुबाएर अनि मात्र बिरुवा लगाउनु पर्दछ। बगैंचामा ०.५-१.० के.जी. प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ। Q 29. भूईंकटहरमा रोगको प्रकोप कस्तो छ? यसमा गुभो कुहिने, फल कुहिने, पातको थोप्ले, सन स्काल्ड, गुच्छे जस्ता विभिन्न खालका रोगहरु लाग्दछन् तर यिनीहरु मध्ये गुभो कुहिने र फल कुहिने रोगले बालीलाई बढी नोक्सानी पुर्याउँदछ। Q 30. गुभो कुहिने रोग कसरी लाग्दछ र यसको पहिचान कसरी गर्न सकिन्छ? माटोमा राम्रोसँग हावा नखेल्ने र पानीको निकास राम्रो नभएको ठाउँमा यसको प्रकोप बढी हुन्छ। पातहरु पहेंलिँदै जानु, टुप्पा र छेउमा खैरो गोलो दाग हुनु, पातको फेदबाट कुहिनु, जरा कुहिनु यसका मुख्य लक्षण हुन्। Q 31. यस रोगबाट बच्न कस्ता-कस्ता उपायहरु अपनाउनु पर्ला ? यस रोगबाट बच्नको लागि रोगमुक्त बिरुवाहरु लगाउने र माटोमा पानी जम्न दिनु हुँदैन। गोडमेल गर्दा बिरुवाको गुभोमा माटो पर्न दिनु हुँदैन र बिरुवा रोप्नु अगाडी बिरुवालाई क्याप्टान वा बोर्डोमिक्सचरको १%घोलमा डुबाएर मात्र रोप्नु पर्दछ। Q 32. फल कुहिने रोग कसरी लाग्दछ र यसलाई कसरी पहिचान गर्न सकिन्छ बताई दिनु हुन्थ्यो कि? यस रोगको ढुसीको कारणले गर्दा पहिला गुदी कुहिन शुरु हुन्छ। बाहिरबाट हेर्दा फल राम्रो देखिएता पनि फल भित्रको गुदीमा काला दागहरु रहेका हुन्छन्। शीत भण्डारण गरिएका फलहरुमा यसको प्रकोप बढी हुन्छ। Q 33. फल कुहिने रोगबाट बच्नको लागि के कस्तासावधानी अपनाउनु पर्दछ? यस रोगबाट बच्नको लागि फलको भेट्नोलाई १०% को बेन्जोइक एसिडलाई इथेनलमा तयार गरेर त्यसमा डुबाउनु पर्दछ। Q 34. भूईंकटहरको फलमा देखा पर्ने सन स्काल्ड विकृतिबाट कसरी बच्न सकिन्छ ? भूईंकटहरका बोट ढलेमा वा तेर्सिएमा फलमा प्रकाश परेको भाग तथा दक्षिण-पश्चिम तर्फको भाग परिपक्व नहुँदै पहेंलिन्छ। यस्तो समस्याबाट बच्न ढलेको तथा प्रकाश बढी पर्ने फलको भागलाई खर वा पराल वा केराको पात वा भूईंकटहरकै पातले छोपी दिनु पर्दछ। छायाँदार बोट लगाइएको ठाउँहरुमा यस्तो किसिमको समस्या आउँदैन । टिस्यु कल्चर Tissue culture प्रबिधिबाट तयार गरिएको "रानी" जातको भूइकठहर

Story Image

3 Stories

" नेपालमा सिलटिमुर: सुनौलो अवसर बोकेको सुगन्धित मसला " सिलटिमुर (वैज्ञानिक नाम: Zanthoxylum armatum), जसलाई टिमुर पनि भनिन्छ, नेपालको मध्य-पहाडी क्षेत्रमा पाइने एक सुगन्धित र बहुमूल्य मसला हो। यसको स्वाद हल्का पिरो र कागतीको जस्तो टर्रो हुन्छ, जसले नेपाली परिकार, विशेषगरी अचार, चटनी र मासुका परिकारलाई अनुपम स्वाद र बास्ना दिन्छ। पछिल्लो समय यसको महत्व र माग घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ, जसले गर्दा यो नेपाली किसानहरूका लागि एक महत्वपूर्ण नगदे बाली बन्न पुगेको छ। सिलटिमुर खेती: सिलटिमुरको खेती गर्न निकै सजिलो छ। यो समुद्र सतहबाट करिब १,००० देखि २,५०० मिटरको उचाइमा राम्रोसँग फस्टाउँछ। यसको सबैभन्दा राम्रो पक्ष भनेको यसलाई धेरै मलिलो जमिन चाहिँदैन। गाउँघरका बाँझो, पाखो र भिरालो जमिनमा पनि यसको खेती सफलतापूर्वक गर्न सकिन्छ। यसलाई धेरै स्याहारको आवश्यकता पर्दैन र रोगकिरा पनि कम लाग्छ। सामान्यतया भाद्र-असोज महिनामा यसका दानाहरू टिप्न तयार हुन्छन्। कम लगानी र थोरै मेहेनतमा राम्रो आम्दानी लिन सकिने भएकाले यो ग्रामीण किसानहरूका लागि निकै आकर्षक बाली हो। सिलटिमुरको महत्व: १. आर्थिक महत्व: सिलटिमुर किसानहरूका लागि आयआर्जनको भरपर्दो स्रोत हो। घरेलु बजारमा यसको उच्च माग र राम्रो मूल्य भएकाले यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गरेको छ। २. खानपान र सांस्कृतिक महत्व: नेपाली भान्सामा सिलटिमुरको छुट्टै स्थान छ। यसको अद्वितीय स्वादले अचार र अन्य परिकारलाई विशेष बनाउँछ। यो नेपाली खानपान संस्कृतिको एक अभिन्न अंग हो। ३. औषधीय महत्व: परम्परागत रूपमा सिलटिमुरलाई पेटको समस्या, दाँतको दुखाइ र अपच जस्ता समस्याहरूको उपचारका लागि प्रयोग गरिन्छ। आधुनिक विज्ञानले पनि यसमा एन्टिअक्सिडेन्ट र विभिन्न स्वास्थ्यवर्द्धक तत्वहरू पाइने पुष्टि गरेको छ। बजार र सम्भावना: नेपालको घरेलु बजारमा सिलटिमुरको माग सधैं उच्च रहन्छ। होटल, रेस्टुरेन्टदेखि हरेक घरको भान्सासम्म यसको प्रयोग हुन्छ। तर, यसको सम्भावना घरेलु बजारमा मात्र सीमित छैन। अन्तर्राष्ट्रिय बजारमा, विशेषगरी युरोप, अमेरिका र जापानजस्ता देशहरूमा यसको माग तीव्र गतिमा बढिरहेको छ। यसको अनौठो स्वादका कारण ठूला-ठूला रेस्टुरेन्टहरूले यसलाई विशेष मसलाको रूपमा प्रयोग गर्छन्। साथै, यसबाट निकालिने सुगन्धित तेल (Essential Oil) को प्रयोग अत्तर, सौन्दर्य सामग्री र औषधि बनाउनमा समेत हुन्छ, जसको अन्तर्राष्ट्रिय बजार मूल्य निकै उच्च छ। सिलटिमुर नेपालको लागि केवल एक मसला मात्र नभई आर्थिक समृद्धिको ढोका खोल्न सक्ने एक महत्वपूर्ण बाली हो। यदि सरकार र निजी क्षेत्रले यसको व्यवस्थित खेती, प्रशोधन र बजारीकरणमा ध्यान दिने हो भने यसले हजारौं किसानहरूको जीवनस्तर उकास्न र देशको निर्यात व्यापारमा ठूलो योगदान पुर्‍याउन सक्छ।

Story Image

4 Stories

ओखलढुंगा केतुके

Story Image

2 Stories

कागतीको प्रयोग आजभोलि निकै बढेको छ । त्यसैले कागतीले बजारमा राम्रो भाउ पनि पाउने गरेको छ । कागती खाँदा धेरै रोगका बिरामीलाई फाइदा पुग्ने गर्छ । कुन रोगमा कागती किफायती दाद रोगमा पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । कागतीको रसमा हर्रो घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ । ढाड दुखेमा दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारेर दुखेको ठाँउमा लगाउदा ढाड दुखेको ठीक हुन्छ । घाँटी बसेमा मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान-बेलुका कुल्ला गर्दा घाँटी बसेको ठीक हुन्छ । ओठ फुट्ने भएमा दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ । चिसोको समयमा ओठ फुट्ने समस्या भएका व्यक्तिलाई कागती निकै लाभदायी मानिन्छ । फियो बढेमा कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ । खाएको नपच्ने भएमा छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । बिहान–बेलुका खाना खानु अगाडि साे अचार खाएमा

Story Image

4 Stories

साहेरी

Story Image

1 Stories

Matar 🌽😋aloo Shahi ❤️🌾Paneer Dal 👍mushroom 🌽bari aloo veg biryani salad

Story Image

3 Stories

✨☀️ स्टोनहेन्जबाट ग्रीष्म संक्रांतिको शुभकामना ☀️✨ स्टोनहेन्ज पछाडि उदाइरहेको सूर्यको छविहरूको चयन। आकाश चम्किलो सुन्तला रंगको छ र सूर्य चिहाउँदै छ। छरिएका बादलहरू छन्। अगाडि, सूर्यलाई हेरिरहेका मानिसहरूको भीड छ।

Story Image

1 Stories

कहानी सधैं फूलको मात्र लेखियो गुनासो त काँडाको पनि त थिए होला!!❤️‍🩹🥹

Story Image

2 Stories

Sweet Corn 🌽

Story Image

4 Stories

भोजपुर र पाल्पाको अकबरे खोर्सानी काठमाडौंमा- पहाडी जिल्लाहरू भोजपुर र पाल्पाको अकबरे खोर्सानीले काठमाडौंमा राम्रो बजार पाइरहेको छ । अकबरे खोर्सानी तरकारी र अचारमा पिरोका लागि प्रयोग हुने गरेकोमा अब चाउचाउमा यसलाई लगाउने गरिएको छ । चाउचाउ उद्योगमा अकबरेको खोर्सानीको राम्रो माग रहेको युवा व्यवसायी जीवन राउत बताउँछन् ।

Story Image

2 Stories

Java apple

Story Image

2 Stories

कमेडि साे

Story Image

3 Stories

dragon fruit flowers

Story Image

2 Stories

कमेडी साे

Story Image

1 Stories

"पैसा – सत्य, मोह, र भ्रमको कथा" कसैले भन्छ – पैसाले सबैथोक किन्न सकिन्छ। रोटी, लुगा, बंगला, गाडी, यहाँसम्म कि मान्छेको साथ पनि !तर... पैसाले भोक त मेट्न सक्छ, तर भोकको पीडा बुझ्न सक्दैन। पैसाले ओछ्यान किनेर दिन सक्छ, तर निन्द्रा किन्न सक्दैन। पैसाले औषधि किनिदिन सक्छ, तर साँचो स्वास्थ्य दिन सक्दैन। पैसाले कसैलाई नजिक ल्याउन सक्छ, तर साँचो माया दिलाउन सक्दैन। पैसा जरुरी हो, तर त्यो जीवन होइन। पैसा बिना जीवन अधुरो हुन्छ, तर पैसा मात्रै जीवन होइन। धेरै धनीहरू, लाखौं कमाउनेहरू एकान्तमा रुन्छन्, कसैसँग साँचो कुरा गर्ने मान्छे खोज्छन्। साँचो सम्पत्ति भनेको – कसैले दिएको न्यानो अँगालो हो, साँचो मायाको मुस्कान हो, र आत्मा शान्त रहने खुसी हो। "पैसा सबैथोक हैन, तर सबैथोकका पछि नलाग्दा पाइने शान्ति- त्यो सायद सबैथोक हो।🙏🙏🙏🙏

Story Image

3 Stories

आलु सेवनबाट दीर्घायु बन्न सकिन्छ भन्ने खबर सुन्दा धेरैलाइ आश्चर्य लाग्न सक्छ । सम्झनुहोस यस्तो आलुको सेवनले तपाईको आयुनै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने अनौठो (पर्पल पोटेटो) बैजनी आलुको । पेरू र बोलेभियामा उत्पत्तिस्थल मानिने वैजनी आलु १६ औं शताव्दीमै यूरोपतिर प्रवेश गरेको भएता पनि सन १९८० को दशकमा अमेरिका प्रवेश भएपछि प्रशिद्धी कमाउन थालेको मानिन्छ । अन्य आलुको जस्तै स्वाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको छ । वैज्ञानिकहरूले यो आलुमा पाइने तत्व र महत्वलाइ बुझेर टेस्ट ट्यूबमा तयार गरी पछि माटोमा रोपिने यो आलु वैजनी (Purple) रंगको हुन्छ । सामान्यतया बजारमा पाइने आलुभन्दा अलिक भिन्न किसिमको छ । यस आलुमा देखिएके बैजनी रंग एन्थोसायिनन नामक रसायनको उपस्थितिले गर्दा हुने गर्दछ । यहि तत्वले नै एण्टी अक्सिडेन्टको काम गर्दछ । अनौठो प्रकृतिको यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै हुन्छ । अन्य रसेट पोटेटोमा भन्दा पर्पल पोटेटोमा अक्सिकरण निरोधक तत्व चार गुणा बढी भएको बैज्ञानिकको भनाई छ । अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ । यसको साथसाथै आलुमा पाइने पोटेसियम तत्वले प्रेसर कम गर्नमा निकै मद्दत पुर्याउने वैज्ञानिकहरूले बताएका छन । एन्थोसायनिन र भिटामिन बी-6 ले रोग प्रतिरोधात्मक क्षमतालाइ पनि बढाउने जनाइएको छ । अहिले स्कटल्याण्डमा यसको खेती भैरहे पनि अहिले नेपालमा कहि कतै खेती सुरुवात भएको पाइन्छ ।

Story Image

1 Stories

Crinum plant

Story Image

3 Stories

काफल

Story Image

3 Stories

Mango shake with rice😋😋🌾🌾

Story Image

2 Stories

Unlimited Thali😋🌾🙏

Story Image

3 Stories

निउराे

Story Image

1 Stories

#भिरमौरीको मह काढ्दै : ओखलढुङ्गा जिल्लाको जन्तरखानीमा भिरमौरीको मह काढ्दै स्थानीय । अफ्ठ्यारो भिर पहरामा हुने भिरमौरीको मह जोखिम मोलेर डोरीको सहारामा झुण्डिएर काढ्ने गरिन्छ । विगतमा चोरी निकासी हुने भिरमौरीको मह अहिले वडाको सिफारिस लिएर मात्रै काढ्न मिल्ने व्यवस्था गरिएको छ 😮

Story Image

1 Stories

"घाउको सच्चा उपचार – अस्पताल होइन, भान्साको चुलोमा लुकेको हुन्छ!" सानो घाउ भयो, औंला काटियो या हातको कुनै पनि भागमा त्यस्तो चोट लाग्यो खुट्टा ठेस लाग्यो, शरीरको कुनै पनि भागमा सानो चोटपटक लाग्यो हामी सिधै मेडिकल जान्छौं। जाहाँ ड्रेसिङको नाममा हजारौँ रुपैयाँ तिर्छौं, औषधिको थुप्रो लगाउँछौं, तर कतिपय अवस्थामा, ती औषधिले झन् घाउ बिगारिदिन्छ — घाउ सुक्ने त परै जाओस्, पाक्न थाल्छ, गन्हाउन थाल्छ। तर थाहा छ तपाईंलाई? हाम्रो घरको भान्सामै छ यस्तो अमूल्य औषधि, जसले कुनै साइड इफेक्ट बिना, घाउ मात्र होइन, घाउको कारण बनेको ब्याक्टेरियासम्म नष्ट गरिदिन्छ। त्यो नै हो — “बेसार”। बेसार – घाउका लागि किन चमत्कारी औषधि हो? बेसारभित्र लुकेको हुन्छ एक प्राकृतिक यौगिक — Curcumin। Curcumin हो: Antiseptic (घाउलाई संक्रमण हुन नदिने) Anti-inflammatory (सुजन हटाउने) Antibacterial (ब्याक्टेरिया मार्ने) Wound Healing Agent (घाउ सुकाउने प्राकृतिक तत्व) यसले घाउमा बसेको ब्याक्टेरिया मारेर त्यहाँको चर्मपटललाई पुनर्जीवित गराउँछ। रक्त सुकाउँछ, सुजन हटाउँछ, र घाउलाई पानी छर्किएजस्तै सहज रूपमा सुकाउँछ। बेसारको प्रयोग कसरी गर्ने त चोटपटक र घाउमा? १. सिधा लगाउने विधि: कटिएको वा छिएको भाग सफा गर्नुहोस्। एक चम्चा सुक्खा बेसार पाउडर सिधा त्यही भागमा छर्किनुहोस्। यदि चाहनुहुन्छ भने, एक थोपा पानी मिसाएर पेस्ट बनाएर पनि लगाउन सक्नुहुन्छ। यसले रक्त बग्न रोकिन्छ, संक्रमण हुँदैन, र घाउ सुक्न थाल्छ। २. बेसार र नरिवलको तेलको मिश्रण: बेसार पाउडर + नरिवलको तेल मिसाएर पेस्ट बनाउनुहोस्। चोट वा घाउमा लगाएर ब्यान्डेज बाँध्न सक्नुहुन्छ। नरिवल तेलले छालालाई नरम राख्छ र बेसार घाउ सुकाउँछ। ३. गहिरो घाउ वा पाकेको चोटमा: बेसार + मह मिसाएर लेप लगाउनुहोस्। मह पनि प्राकृतिक Antibacterial हो। दुवैले मिलेर घाउलाई छिटो निको बनाउँछन्। किन बेसार अस्पतालभन्दा राम्रो? साइड इफेक्ट छैन। सस्तो, सजिलो, सधैँ घरमै उपलब्ध। घाउमात्र होइन, छालाको संक्रमण पनि सन्चो पार्छ। औषधिको तुलनामा छिटो असर देखिन्छ। मेरो आफ्नै अनुभव: म स्वयं, जब चोटपटक लाग्छ, अस्पताल हैन — बेसारमै भर पर्छु। मेरो परिवारका हरेक सदस्यलाई चोट लाग्दा म भन्छु — "औषधि किन्न नजानू, बेसार छ भान्सामा।" अनि त्यो बेसारले कहिल्यै धोका दिएको छैन — घाउ सुक्छ, सुजन घट्छ, दुखाइ हट्छ। अन्त्यमा — "धेरैपटक हामी समाधान खोज्दै टाढा जान्छौं, तर उपचार त घरको आगनमै लुकेको हुन्छ। बेसार एउटा मसला होइन, हाम्रो जीवनको रक्षा गर्ने आमा प्रकृतिको सुन हो। यो घाउमात्र होइन, चेतनाको ढोका खोल्ने चमत्कारी साधन हो।" अब जब चोटपटक लाग्छ — अस्पतालभन्दा पहिले, एकपल्ट भान्साको डब्बा खोल्नुहोस्। त्यहाँ भेटिनेछ सुन झैँ चम्किलो औषधि — "बेसार", तपाईंको घाउको सच्चा साथी। #घाउमा_बेसार

Story Image

3 Stories

strawberry

Story Image

3 Stories

Pink

Story Image

2 Stories

पोषणको खानी आलस स्वाद, स्वास्थ्य र सम्भावनाको स्रोत • पोषणयुक्त बीउ: आलसमा ओमेगा–३ फ्याट्टी एसिड, फाइबर, प्रोटिन, भिटामिन B, म्याग्नेसियम, आइरन आदि पाइन्छ। • मुटु रोग, मधुमेह, उच्च रक्तचाप, क्यान्सरको रोकथाममा सहायक। • पाचन सुधार, छालाको रोग निवारण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि। • सुत्केरी महिला र वृद्धवृद्धाका लागि विशेष लाभदायक। • उपयोगका तरिका: • अंकुराएर, सुप बनाएर, अचारमा मिसाएर प्रयोग गर्न सकिन्छ। • पिसेर खाँदा सजिलै पच्ने र प्रभावकारी हुन्छ। पछिल्लो समय खेती निकै कम हुन थालेको आलस स्वास्थ्य, आहार र आर्थिक दृष्टिले अत्यन्त उपयोगी बाली हो। सरकारले किसानलाई बिउ अनुदान लगायतका सहुलियत दिएर किसानलाई व्यावसायिक प्रवर्द्धनले नेपाललाई दीर्घकालीन फाइदा दिन सक्छ।

Story Image

3 Stories

Cockscomb

Story Image

5 Stories

Cockscomb

Story Image

1 Stories

Pathibhara mata

Story Image

2 Stories

जाकाराण्डा

Story Image

3 Stories

If you know this simple trick with plastic bottles, you can grow mint all year round

Story Image

1 Stories

Lord Ganesh at ambikeshwori temple ,Ghorahi

Story Image

1 Stories

Geranium Plant

Loading footer...
  • नेपाली टाइपिङ
sajilopatrikasajilopatrika
Directory
Shorts
Incident
  • होमपेज
  • विदेशी मुद्रा
  • राशिफल
  • कार्यक्रम
  • वेबस्टोरिज
  • विकि
  • ग्याजेट
  • समाचार
  • चुनाव
पात्रो शेयर मार्केट
  • नेपाली टाइपिङ
Directory
Shorts
Incident
  • होमपेज
  • विदेशी मुद्रा
  • राशिफल
  • कार्यक्रम
  • वेबस्टोरिज
  • विकि
  • ग्याजेट
  • समाचार
  • चुनाव
Directory
Shorts
Incident

Loading menu...

ट्रेन्डिङ विषयहरू