काठमाडौमै लटरम्म फलेको सार्है मिठो अङ्गुर । यो वास्तवमै मीठो, गुलियो र स्विट रहेछ, काठमाडौका घरमा कौसी वा करेसा बारीमा कम्तीमा एक बोट लगाए मज्जाले दुई महिनासम्म आफ्नै घरको अङ्गुर आफ्नै हातले टिपेर मज्जाले खान पाइने रहेछ, साथै ठूलो जमिनमा व्यवसायीक खेती गर्न सके वाइन वा जुस बनाएर बिक्रीवितरण गर्न सकिन्छ, यो पनि एउटा राम्रो उद्यम पनि बन्न सक्छ । क्या गज्जब क्या मिठो । मलाई मनपर्यो । संभावना नै संभावनाले भरिएको देश ।