भोजपुर र पाल्पाको अकबरे खोर्सानी काठमाडौंमा- पहाडी जिल्लाहरू भोजपुर र पाल्पाको अकबरे खोर्सानीले काठमाडौंमा राम्रो बजार पाइरहेको छ । अकबरे खोर्सानी तरकारी र अचारमा पिरोका लागि प्रयोग हुने गरेकोमा अब चाउचाउमा यसलाई लगाउने गरिएको छ । चाउचाउ उद्योगमा अकबरेको खोर्सानीको राम्रो माग रहेको युवा व्यवसायी जीवन राउत बताउँछन् ।