
काठमाडौँ।नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मार्फत सुस्त रहेको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर सुझावपत्र हस्तान्तरण गरेका हुन्।परिसंघले बाह्य क्षेत्रका सूचकहरू सुदृढ भए पनि आन्तरिक बजारमा मागको कमी र आर्थिक...