
काठमाडौँदाङको दंगीशरण गाउँपालिका–३ चखौरमा निर्माण गरिएको थारु सांस्कृतिक सङ्ग्रहालय लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यो सङ्ग्रहालय अहिले ‘थारु सभ्यताको जीवन्त पाठशाला’का रूपमा परिचित बन्दै गएको छ।थारुका प्रथम राजा दंगीशरणले शासन गरेको मान्यतासँग जोडिएको यस...