
काठमाडौँ,असार ०१ । अर्घाखाँचीमा एक महिलाले घरायसी विवादको क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय श्रीमान रामु कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार, शनिबार राति करिब १ बजे मेखमायाले सुतिरहेका श्रीमानको टाउकोमा दाउ प्रहार गरेकी थिइन्।...