अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या, सुतिरहेको अवस्थामा दाउले प्रहार

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

58
Share
Featured
  • अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा २७ वर्षीया मेखमाया कुमालले घरायसी विवादका कारण श्रीमान रामु कुमालको टाउकोमा दाउ प्रहार गरी हत्या गरेकी हुन्।
  • शनिबार राति करिब १ बजे मेखमायाले श्रीमानमाथि आक्रमण गरेकी थिइन्; विवाद भने साँझमा भएको थियो।
  • प्रहरीले आइतबार बिहान घटनास्थलबाट हत्यामा प्रयोग भएको दाउसहित मेखमायालाई पक्राउ गरेको छ र थप अनुसन्धान जारी रहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ०१ ।  

अर्घाखाँचीमा एक महिलाले घरायसी विवादको क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय श्रीमान रामु कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार, शनिबार राति करिब १ बजे मेखमायाले सुतिरहेका श्रीमानको टाउकोमा दाउ प्रहार गरेकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा शनिबार साँझ दुई जनाबीच सामान्य घरायसी विवाद भएको र सोही विवादको रिसमा राति हत्या गरेको खुलेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले हत्यामा संलग्न मेखमायालाई हत्यामा प्रयोग भएको दाउसहित आइतबार बिहान घटनास्थलबाटै पक्राउ गरेको छ। पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचारमा

अर्घाखाँचीकाठमाडौँछत्रदेव गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपालगन्ज उपमहानगरपालिकाको १ अर्ब ७६ करोडको बजेट पारित

    बाँके । नेपालगन्ज उप-महानगरपालिकाका सभाले आगामी आर्थिक वर्षका  लागि प्रस्तुत एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ ।नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा  प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव

    Data is loading...

    Loading brands...

    Loading footer...