
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिनुभएको छ । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायण काजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुग्नुभएको थियो ।उहाँहरूबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा...