
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन्। बिहीबार शुभकामना सन्देश जारी गर्दै थापाले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरे।उनले २००७ सालको जनक्रान्तिले १०४ वर्ष...