
काठमाडौँराष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज मध्यान्ह साढे १२ बजे बस्ने भएको छ। बैठकमा नयाँ संसद् भवन तथा ग्यालरी बैठक भवनको निर्माण प्रगतिबारे छलफल गरिनेछ। यस विषयमा सहरी विकास तथा भवन निर्माण विभागसँग विस्तृत जानकारी लिइने कार्यक्रम रहेको छ।