
काठमाडौँ ।सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखमा सरुवा गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । “प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।