
काठमाडौँसरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्न जारी गरेको निर्णयको विरोध बढ्दै गएको छ। यसै सन्दर्भमा नेपाल पत्रकार महासङ्घले उक्त निर्णय सच्याउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ।शुक्रबार काठमाडौंमा सरोकारवालासँग आयोजित छलफलपछि महासङ्घले उक्त निर्णय विभेदकारी भएको ठहर गर्दै तत्काल फिर्ता लिन माग गरेको हो।...