
काठमाडौँबेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर तथा काउन्सिलर लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउनुपर्ने सुझाव दिएका छन्। संघ, प्रदेश र स्थानीय तहको संरचना अत्यधिक खर्चिलो बन्दै गएको भन्दै उनले यसले राज्यलाई अनावश्यक आर्थिक भार थपेको बताएका छन्।लन्डनमा बसोबास गर्दै आएका गुरुङका अनुसार नेपालले सडक, यातायात र डिजिटल सेवामा...