
काठमाडौँलागुऔषध खैरो हेरोइनसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन्। उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र मातहतका टोलीहरूले पक्राउ गरेको ब्यूरोले जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ५५९ ग्राम खैरो हेरोइन र १६ लाख ६३ हजार ५५० रुपैयाँ नगद बरामद गरिएको छ। कोटेश्वरस्थित ब्यूरो कार्यालयबाट खटिएको टोलीले ४९ ग्रामसहित...