
कास्की, पोखरा महानगरपालिका ५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका १८ सराङकोट घर भई सोही महानगरपालिका ५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ५ चिल्डेल पार्क नजिकै अनिल शनिबार बिहान अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा...