
काठमाडौँ।सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्र देव शाक्यलाई पुनर्वहाली गर्न परमादेश जारी गरेको छ । अदालतको फैसलापछि शाक्यले यसलाई 'न्यायको जीत' भन्दै सरकारको निर्णयबाट आहत भएकोमा न्यायालयले राहत दिएको प्रतिक्रिया दिएका छन् ।"न्यायालयको निर्णयले राहत महसुस भएको छ," उनले भने, "अब आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता...