
काठमाडौँ । आज असार शुक्ल पूर्णिमा, अर्थात् गुरु पूर्णिमा। आफूलाई ज्ञान, सीप र शिक्षा प्रदान गर्ने गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी आज देशभर यो पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ, अर्थात् अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ लैजाने व्यक्ति नै गुरु हुन् भन्ने मान्यताअनुसार यस दिन गुरुप्रति कृतज्ञता...