आज फूलपाती, किन र कसरी मनाइन्छ फूलपाती ? यस्तो छ रोचक कथा

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

15
Share
Featured
  • दशैँको सप्तमी अर्थात फूलपाती दिनलाई विशेष महत्व दिइन्छ, जसबाट दशैँको चहलपहल औपचारिक रूपमा सुरु हुन्छ।
  • नौ प्रकारका पातलाई देवीहरूको प्रतीक मानेर पूजिन्छ र शुभ साइतमा घर तथा पूजा स्थानमा भित्र्याइने परम्परा छ।
  • गोरखादेखि काठमाडौँसम्म विशेष लावालस्करसहित फूलपाती ल्याइने परम्परा ऐतिहासिक रूपमा नेपाल एकीकरणपश्चात् कायम भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज बडा दशैँकाे साताैँ दिन अर्थात् सप्तमी । अझ भन्नुपर्दा फूलपाती । यो तिथिको विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैँका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैँ सुरु भए पनि दशैँको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।घर-घरमा फूलपाती भित्र्याएपछि दशैँको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।

केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।

यस दिन गोरखा दरबारको दशैँघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोका भित्र्याइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरसका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्कारका साथ फूलपाती ल्याउने गरिन्छ ।

भनिन्छ, टुक्रे राज्यको रुपमा रहेको नेपाल एकीकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरुमा पुर्‍याउने गरिन्थ्यो । काठमाडौँको हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती धदिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।

यो समाचारमा

धादिङगोरखाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...