
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले गाजा शान्ति योजनाको दोस्रो चरण छिट्टै सुरु हुने आशा व्यक्त गरेका छन् । फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहूसँगको भेटपछि उनले यदि हमासले आफ्ना हतियारहरू नत्यागेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।२० बुँदे शान्ति योजनामा हमासको निशस्त्रीकरण मुख्य सर्त रहेको छ । पत्रकार सम्मेलनमा ट्रम्पले...