नेपाल विशेष सेवा र राष्ट्रिय सेवा दल विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

9
Share
Featured

प्रतिनिधिसभाले दुई विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा न्याय परिषद्, न्याय सेवा आयोग र लोकसेवा आयोगका वार्षिक प्रतिवेदन पनि पेस गरिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बिहान ११ बजे बस्नेछ।

समाचार सारांशGenerated using AI.

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेले प्रस्तुत गरेको उक्त प्रस्तावहरू बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उनले प्रस्तुत गरेका ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरिएको हो ।

यसअघि बैठकमा मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष २०८१/८२ का न्याय परिषद्को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बिहान ११:०० बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतद्वारा खारेज

    काठमाडौं । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज

    Data is loading...

    Loading brands...

    Loading footer...