काठमाडौँ।
विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनीहरूलाई मन्त्रालयमा आयोजित एक समारोहबीच शपथ गराएकी हुन्।
शपथ लिनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मान सिं प्रधान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. स्मृति कार्की, पोखराका डा. नारायण सिंह गुरुङ, कर्णालीका डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्र रहेका छन्।
सरकारले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गरेको हो। नयाँ उपकुलपतिहरूको नियुक्तिसँगै यी महत्वपूर्ण स्वास्थ्य संस्थाहरूको प्राज्ञिक र प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ।