प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्षबीच भेट, २५ अर्बको ऋण सम्झौतामा हस्ताक्षर

Author

सजिलो पत्रिका

२०८३ असार २३, मङ्गलबार

13
Share
Featured

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग मासातो कान्दा नेतृत्वको एसियाली विकास बैंक (एडीबी) प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल-एडीबी सहकार्य, विकास साझेदारी तथा मुलुकका प्राथमिकताका क्षेत्रमा एडीबीले गर्दै आएको सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि एडीबी अध्यक्ष कान्दाले सामाजिक सञ्जाल एक्समार्फत् नेपालको दिगो आर्थिक विकास र पूर्वाधार विस्तारका प्राथमिकतामा एडीबीको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैबीच, कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलीयती ऋण सम्झौता सम्पन्न भएको छ। उक्त ऋण दुईवटा विकास आयोजनामा लगानी गर्न उपयोग गरिने जनाइएको छ।

सोमबार सम्पन्न सम्झौतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष मासातो कान्दाको उपस्थितिमा अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए।

सरकारले उक्त सहुलीयती ऋणबाट पूर्वाधार तथा विकाससम्बन्धी प्राथमिकता प्राप्त आयोजनाको कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...