महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दम्पती घाइते

Author

सजिलो पत्रिका

२०८३ जेठ २०, बुधबार

16
Share
Featured
  • सोनमा गाउँपालिका-३ खखनामा डाँका समूहको गोली प्रहारबाट एक दम्पती घाइते भएका छन्।
  • चोरी गर्न आएको समूहसँग प्रतिवाद गर्ने क्रममा ईश्वर यादव र किरण यादवलाई गोली लागेको प्रहरीले जनाएको छ।
  • घाइतेहरूको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनामा संलग्नहरूको खोजी तथा थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका समूहले गोली प्रहार गर्दा एक दम्पती घाइते भएका छन्। स्थानीय राम विश्वास यादवको घरमा चोरी गर्न आएको समूहसँग प्रतिवाद गर्ने क्रममा उनका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादवलाई गोली लागेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार घाइते दुवै जनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। डाँकाहरूले घरमा लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको र परिवारले अवरोध गरेपछि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले घटनामा संलग्नहरूको खोजी गर्नुका साथै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचारमा

सोनमा  गाउँपालिकाकाठमाडौँमहोत्तरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...