जयनगर-बर्दिबास रेलमार्ग निर्माणले लियो गति: विवाद समाधान भएपछि ट्र्याक खोल्ने काम धमाधम

Author

सजिलो पत्रिका

२०८३ असार २१, आइतबार

5
Share
Featured

धनुषा । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको  छ । धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण भइरहेको छ ।

जयनगर-बर्दिबास ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर-कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ ।

यसैबीच, नेपाल रेल्वे कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी सुरु गरेको छ । विभिन्न स्थानमा रेल्वेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताए ।

जयनगर-बर्दिबास रेलमार्ग नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो । यो ब्रोडगेज रेलमार्ग नेपाल-भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माणाधीन ।

यो परियोजनाले दुई देशबीचको आवागमन, व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    दुई सातामै दोब्बर भयो मालदह आँपको मूल्य, उपभोक्तालाई महँगो किसानलाई घाटा

    धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर किसानले भने आफूहरुले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।दुई साताअघिसम्म १०० मा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिल

    Data is loading...

    Loading brands...

    Loading footer...