डिजेलको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले घटायो अन्तरप्रदेश चल्ने सवारीको भाडादर

Author

सजिलो पत्रिका

२०८३ असार १८, बिहिबार

4
Share1
Featured

काठमाडौं । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर बिहीबारदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ ।

विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो ।

विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो भने गत असार १७ गतेदेखि भने १९३ रुपैयाँ ८३ कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ ।

यसअघि २०८३ साल वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले वृद्धि गरेको थियो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको बताए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आठ सय ८१ थान भेप र ६ लाख नगदसहित पाँच पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरेको हो ।कागेश्वरी मनोहरा-९ बस्ने २१ वर्षीय आदेश खड्का र १८ वर्षीय

    Data is loading...

    Loading brands...

    Loading footer...