एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

Author

सजिलो पत्रिका

२०८३ असार १८, बिहिबार

7
Share1
Featured

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले बिहीबार पूर्वअर्थमन्त्री पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो । विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पहिलो पटक सात दिन, दोस्रो पटक तीन दिन र अहिले तेस्रो पटक ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आदेशमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेश भएकामा आज तेस्रो पटक ६ दिन म्याद थप भएको छ ।

उपाध्यक्ष पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको हो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कम्युनिस्ट एकता : देशका लागि कि नेताहरूको राजनीतिक भविष्यका लागि ?

    काठमाडौं । नेपालको कम्युनिस्ट राजनीतिमा फेरि एकपटक नयाँ तरंग देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल तथा पूर्वराष्ट्रपति विद्या भण्डारी एउटै मञ्चमा देखिएपछि फेरि वाम एकता (राजनीतिक समीकरण)को चर्चा चुलिएको हो ।मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा

    Data is loading...

    Loading brands...

    Loading footer...