काठमाडौं । पूर्वाधार
विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि दुई अर्ब बजेट
छुट्टाएको छ ।
मन्त्रालयले हालसालै
सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९
जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो ।
मन्त्रालयले निर्वाचन
क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्टाएको छ । कञ्जनपुर
जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि १४ करोड ५० लाख
बजेट छुट्टाएको छ । अछाम जिल्लाका अधुरा सडकका लागि १० करोड बजेट विनियोजन गरेको छ
। मकवानपुरको अधुरो सडकका लागि ११ करोड ५० लाख विनियोजन गरेको छ ।
मोरङको सडकको लागि १३
करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले निर्वाचन रणनीतिक सडकका अधुरा योजना सम्पन्न गर्नका लागि न्यूनतम ३०
लाखदेखि १४ करोड ३० लाख रकमसम्म विनियोजन गरेको छ ।