सुदूरपश्चिमका मुख्यमन्त्री ट्राफिक प्रहरीको कारबाहीमा, हेल्मेटबिना बाइक चलाएपछि निवासमै पुगेर काटियो चिट

Author

सजिलो पत्रिका

२०८३ असार १८, बिहिबार

9
Share
Featured

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मुख्यमन्त्री शाहलेहेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि ट्राफिक प्रहरीले निवासमै पुगेर उनलाई जरिवाना तिराएको हो । 

मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा पोष्ट भएको थियो । शाहलाई पाँचसय रूपैयाँ जरिवाना गरिएको छ ।

बिहीबार नै पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लंघन गरेको स्वीकार गरेका छन् । आफूले नै नियमअनुसार कारबाही गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेको शाहको दाबी छ । 

कानून सबैलाई बराबरी हुनुपर्छ भन्ने उद्देश्य अनुसार आफुले ट्राफिक प्रहरीलाई जरिवाना काट्न आग्रह गरेको शाहको भनाई छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकबाट शाहले हेल्मेटबिना बाइक चलाएको भिडिओ सार्वजनिक गरेका थिए ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनगढीबाट बैतडी जाँदै गरेको बस गैराखानमा दुर्घटना, १७ जना घाइते

    बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइेत भएका छन् । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो ३:३० बजे बैतडी पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमिल्सेनाले जानकारी

    Data is loading...

    Loading brands...

    Loading footer...