अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बन्द

Author

सजिलो पत्रिका

२०८३ असार ०८, सोमबार

12
Share
Featured
  • अत्यधिक गर्मीका कारण धनगढी उपमहानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालय ४ दिनका लागि बन्द गरेको छ।
  • असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको र तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको जनाइएको छ।
  • विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर गरिएको यो बिदा पछि वर्षे वा हिउँदे बिदाबाट मिलान गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सोमबार एक सूचना जारी गर्दै असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिएका हुन्।

पछिल्लो केही दिनदेखि धनगढी र आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ। चर्को गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको उपमहानगरले जनाएको छ। यो बिदा पछि वर्षे वा हिउँदे बिदाबाट मिलान गरिने सूचनामा उल्लेख छ।


यो समाचारमा

काठमाडौँधनगढी उपमहानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बैतडी बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

    दशरथचन्द । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडीको पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो ।प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी

    Data is loading...

    Loading brands...

    Loading footer...