काठमाडौँ उपत्यकामा एकैदिन २ हजार बढी चालक कारबाहीमा, १० लाख राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ असार ०८, सोमबार

10
Share
Featured
  • काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,०७६ सवारीचालक कारबाहीमा परेका छन्।
  • कारबाहीबाट १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
  • तीव्र गति, लेन उल्लङ्घन, ट्राफिक बत्ती मिच्ने, मापसे र नियमविपरीत राइड सेयरिङ गर्ने चालकहरू प्रमुख रूपमा कारबाहीमा परेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ७६ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व दाखिला भएको छ।

उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी तीव्र गतिमा सवारी चलाउने २२८ जना रहेका छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने १२९, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ११७ र नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने ९३ जनालाई कारबाही गरिएको छ।

प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८८ जना, सडक पेटीमा पार्किङ गर्ने ९०, एकतर्फी सडक नियम मिच्ने ८८ र निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जनालाई पनि कारबाहीको दायरामा ल्याएको छ। अन्य विविध ट्राफिक नियम पालना नगर्ने १ हजार १८६ चालकहरू पनि कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा र नियम पालना गराउन उपत्यकाका विभिन्न स्थानमा निगरानी बढाएको जनाएको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपाको पहिलो महाधिवेशन: नयाँ नेतृत्व, पुराना चुनौती र भविष्यको राजनीतिक परीक्षा

    काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दा यो केवल एउटा आन्तरिक संगठनात्मक कार्यक्रम मात्र रहेन। छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति बनेको दलका लागि यो महाधिवेशन संगठन निर्माण, नेतृत्वको वैधानिकता, वैचारिक दिशा र आगामी राजनीतिक रणनीति तय गर्ने निर्णायक

    Data is loading...

    Loading brands...

    Loading footer...