रक्षामन्त्रीको उपस्थिति माग गर्दै हर्क साम्पाङले रोके सदनको छलफल

Author

सजिलो पत्रिका

२०८३ असार ०४, बिहिबार

13
Share
Featured
  • हर्क साम्पाङले रक्षा मन्त्रालयको बजेट छलफलका क्रममा रक्षामन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै तत्काल उपस्थित गराउन माग गरे।
  • प्रधानमन्त्री बालेन्द्र शाह नै रक्षामन्त्री रहे पनि आजको बैठकमा अनुपस्थित थिए।
  • साम्पाङले प्रधानमन्त्रीको विवादास्पद सीमासम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग पुनः दोहोराए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज साम्पाङ राईले प्रतिनिधि सभा बैठकमा रक्षामन्त्रीको उपस्थितिको कडा माग गरेका छन्। मन्त्रालयगत बजेट छलफलका क्रममा रक्षा मन्त्रालयको पालो आए पनि विभागीय मन्त्री (प्रधानमन्त्री बालेन शाह) अनुपस्थित भएपछि साम्पाङले आपत्ति जनाएका हुन्।

सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर बोल्दै साम्पाङले भने, "मन्त्रालयगत छलफलमा रक्षा मन्त्रालयबारे पनि कुरा गर्ने भनिएको थियो, तर रक्षामन्त्रीलाई यहाँ देखेको छैन, उहाँलाई तत्काल बोलाइयोस्।" प्रधानमन्त्री शाहले नै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्, तर आजको बैठकमा उनी अनुपस्थित थिए।

यसका साथै, साम्पाङले प्रधानमन्त्री शाहले सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने आफ्नो पार्टीको माग अझै कायम रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्। विभागीय मन्त्रीको अनुपस्थितिले सदनको गरिमा र छलफलको औचित्यमाथि प्रश्न उठेको उनको तर्क थियो।

यो समाचारमा

प्रतिनिधि सभाश्रम संस्कृति पार्टीहर्कराज साम्पाङ राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...