प्रधानमन्त्रीको अभिव्यक्ति र सदनको अवरोधबारे छलफल गर्न शीर्ष नेताहरू बैठकमा

Author

सजिलो पत्रिका

२०८३ जेठ २७, बुधबार

6
Share
Featured
  • संसद्मा जारी अवरोध अन्त्य गर्न सर्वदलीय बैठक कार्यव्यवस्था परामर्श समितिको हलमा सुरु भएको छ।
  • रास्वपाका सभापति रवि लामिछानेको पहलमा आयोजित बैठकमा विभिन्न दलका शीर्ष नेता र प्रमुख सचेतकहरू सहभागी छन्।
  • प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवाद समाधान गरी संसद् सुचारु गर्ने विषयमा छलफल भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संसद्मा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको हलमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजित यस बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता र प्रमुख सचेतकहरू सहभागी छन्।

बैठकमा नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राम बहादुर थापा (बादल)नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन लगायतका नेताहरूको उपस्थिति रहेको छ।

सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्। विपक्षीको विरोधका कारण संसद्का दुवै सदनको कामकारबाही प्रभावित भएपछि निकास खोज्न र सदनलाई सुचारु गराउन यो बैठक डाकिएको हो। बैठकमा प्रधानमन्त्रीको स्पष्टीकरण र विपक्षीका मागका विषयमा छलफल भइरहेको बुझिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीराम बहादुर थापा (बादल)रवि लामिछानेनेपाली काँग्रेस
काठमाडौँ8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालापानी र सुस्तामा मात्रै नक्सांकन बाँकी छ- परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ।परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच कालापानी क्षेत्र र सुस्तामा मात्रै नक्सांकन गर्न बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले सुस्ता, लिम्पियाधुरा, कालापानी र लिपुलेक बाहेकका अधिकांश क्षेत्रमा सीमा सम्बन्धी काम भइसकेको जानकारी दिए।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्ति र भारत भ्रमणबारे प्रष्टीकरण दिँदै मन्त्री खनालले

    Data is loading...

    Loading brands...

    Loading footer...